Websoft University

www.radiomakalu.com || 021-522512


पाठेघरको मुखको क्यान्सर जाँच्ने ‘प्याप स्मेयर’ नि:शुल्क गर्न निर्देशन (के हो प्याप स्मेयर टेस्ट ?)



स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा प्याप स्मेयर टेस्ट निशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रिपरिषदको गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार माताहतका सबै क्षेत्रिय कार्यालयहरुलाई पत्राचार गरेको छ।

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले हुन्छ । यो संक्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके ८/१० बर्षपछि यो क्यान्सरमा परिणत हुन्छ।

के हो प्याप स्मेयर टेस्ट ?

पाठेघरको मुखका संक्रमण भए नभएको पत्ता लगाउन गरिने परीक्षण नै प्याप स्मेयर टेस्ट हो । यसमा गर्भासय श्राव परीक्षण गरेर संक्रमण रहे नरहेको पत्ता लगाउन सकिन्छ । यो पाठेघरका कोषिका सामान्य अवस्थामा रहे, नरहेको पत्ता लगाउने सरल र छरितो बिधि पनि हो । यो जाँच गर्दा महिलालाई दुख्दैन ।

यो ५ देखि १५ मिटेनमा गर्न सकिन्छ । प्यापस्मेयर गर्दा २ दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन । यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुदैन । यो परीक्षण ३५ देखी ६० बर्षका महिलाले बर्षको कम्तिमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ । यो परीक्षणले भविष्यमा हुने ठूलो धनजनको क्षती हुनबाट बचाउँछ ।

यो परीक्षण पहिला ६ महिनाको फरकमा ३ पटक गर्नुपर्छ । यो तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक बर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नेगेटिभ देखिएमा ३ बर्षपछि परीक्षण गराउनु पर्छ । यसमा पनि नेगेटिभ देखिएमा ५ बर्ष पछि परीक्षण गर्नुपर्छ ।

यसको प्रक्रिया लामो भएकाले बिचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुदैन । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्छ ।-स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget