Websoft University

www.radiomakalu.com || 021-522512


धनकुटाको बेलहारा डाँडामा विमानस्थल बनाउन मन्त्रालयको स्वीकृति



belahara-airport-dhankuta
काठमाडौं, माघ ११ गते। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धनकुटाको बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल बनाउन उपयुक्त रहेको भन्दै सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

धनकुटाको सदरमुकामभन्दा पश्चिमको अग्लो डाँडामा विमानस्थल बनाउने हुँदै आएकोमा आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

सो डाँडामा मध्यमस्तरका विमानहरु उडान अवतरण गर्न सकिने देखिएको भन्दै मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले त्यहाँ विमानस्थल बनाउनका लागि मन्त्रालयको सैद्धान्तिक सहमति चाहिने बताउँदै आएको थियो ।

प्रधानमन्त्री कार्यालयले विशेष चासो दिएपछि यो निर्णय सम्भव भएको धनकुटाका पूर्वसभासद हेमराज भण्डारीले अनलाइनखबरलाई बताए । उनले भने, ‘अब धनकुटामा विमानस्थल बन्ने सुनिश्चित भयो ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget