Websoft University

www.radiomakalu.com || 021-522512


सुशीला कार्कीविरुद्ध किन उत्रिए खुमबहादुरका भाञ्जा ?


'सर्वोच्च अदालतको निर्णय'विरुद्ध बारको अनौठो आन्दोलन

काठमाडौं,माघ १७ गते । नेपाल बार एशोसिएसन यतिबेला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध मैदानमा उत्रिएको छ । लोकतान्त्रिक खेमाको बहुमत रहेको बारले सुशीला कार्की उपस्थित हुने कार्यक्रममा समेत पानीसमेत बाराबार गर्ने निर्णय गरेको छ ।
न्यायपरिषदले गरेको ८० न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयको विरोध गर्ने बाहनामा नेपाल बारले सुरु गरेको सुशीला कार्कीविरोधी आन्दोलनको अन्तर्यमा भने बेग्लै रहस्य लुकेको छ ।

नेपाल बारले आइतबार जारी गरेको वक्तव्यको दोस्रो बुँदामा ‘सर्वोच्च अदालतको निर्णयविरुद्ध’ आन्दोलन गर्ने भनिएको छ । अदालतको कुन निर्णयविरुद्ध आन्दोलन ? यसबारे बारले स्पष्ट खुलाएको छैन । तर, अदालतको निर्णयविरुद्ध आन्दोलनको घोषणा न्यायिक इतिहासमा नौलो परिघटना हो ।

आखिर बारले सर्वोच्चको कुन निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेको हो ? अदालत स्रोतका अनुसार सो निर्णय कांग्रेस नेता खुमबहादुर खड्का र गोविन्दराज जोशीसँग सम्बन्धित छ ।

यस्तो रहेछ रहस्य

कांग्रेस नेता खुमबहादुर खड्का भ्रष्टाचार अभियोगमा जेल सजायँ भोगिसकेका व्यक्ति हुन्, जसको पुनरावलोकन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो । खड्कालाई विगतमा ‘भ्रष्ट’ सावित गर्ने फैसला सुशीला कार्कीकै बेञ्चबाट भएको थियो । खड्काले यसमा पुनरावलोकन गरीपाउँ भनेर अदालतमा निवेदन दिएका थिए ।

अदालतमा विचाराधीन रहेको खुमबहादुर खड्काको यही विचाराधीन मुद्दा एक साताअघि प्रधानन्यायाधीश सुशीला कार्कीले छिनोफानो गरिदिइन् । अदाललतको यो निर्णय विरुद्ध नेपाल बारका अध्यक्ष शेरबहादुर केसी रिसाए ।

खुमबहादुरको विपक्षमा आएको फैसलाबाट बार अध्यक्ष शेरबहादुर केसी रिसाउनु प्राकृतिक न्यायको सिद्धान्त अनुसार स्वाभाविकै हो । किनभने बार अध्यक्ष केसी खुमबहादुर खड्काका भाञ्जा हुन् । उनी भाञ्जामात्रै होइनन्, विगतमा खड्काको पक्षमा बहस गर्ने वकिल पनि हुन् । र, केसी बारको अध्यक्ष भएकै बेला अदालतमा लाइन मिलाएर खड्कालाई सफाइ दिलाउने रणनीतिमा थिए, जसलाई सुशीला कार्कीले धक्का दिइन् ।

अघिल्लो विहीबार सर्वोच्च अदालतले खड्काको पुनरावलोकन मुद्दा अघि नबढ्ने निस्सा प्रदान गरेको हो । तीनजना न्यायाधीशको पूर्वइजलासबाट यस्तो आदेश आइसकेपछि अब सर्वोच्च अदालतबाट खुमबहादुर खड्कालाई चोख्याउने बाटो सधैंका लागि बन्द भएको छ ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले बार अध्यक्ष शेरबहादुर केसीको परामर्श अनुसार खुमबहादुरको मुद्दाबारे आफ्नो कार्यकालमा अघि नबढाइदिन आग्रह गरेका थिए । तर, सुशीलाले देउवाको आग्रह मानिनन् र अघिल्लो बिहीबार नै यसलाई ‘फाइनल’ गरिदिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा केही पर्नासाथ बरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई टेलिफोन गर्ने गरेका छन् । देउवाले पराजुलीलाई तिमी भन्छन् र कुनै मुद्दामा भनसुन गर्दै फलानाको पक्षमा फैसला गरिदेउ है भन्ने गरेका छन् ।

खुमबहादुर खड्काको सवालमा पनि गोपाल प्रधानन्यायाधीश बनेपछि चोख्याउने गरी आदेश गर्ने योजना देउवा र पराजुलीको थियो । र, यसका रणनीतिकारमध्येका एक थिए बार अध्यक्ष केसी । तर, सर्वोच्च अदालतको गत विहीबारको निर्णयका कारण यो योजना असफल भएको छ र ‘सर्वोच्चको निर्णयविरुद्ध’ बारले आन्दोलन घोषणा गरेको छ ।

देउवाको आदेशमा अदालत चलाउने प्रयासमा रहेका कांग्रेस निकट वकिलहरुले सुशीलालाई ‘निर्देशित अदालत चलाएको’ आरोप लगाएका छन् ।

अब गोविन्दराज जोशीको पालो

सर्वोच्च अदालतले खुमबहादुर खड्काको सफाइ पाउने बाटो बन्द गरिसकेको दुई हप्ता नबित्दै अब अर्का कांग्रेस नेता गोविन्दराज जोशीमाथि सुनुवाइ गर्ने पालो आएको छ ।

पूर्वगृहमन्त्री जोशीले भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजायँ सुनाइएकोमा त्यसमाथि पुनरावलोकन गरी पाउँ भन्ने निवेदन हालेका छन्, जसमाथि माघ २३ गते सुनुवाइ हुँदैछ । यो मुद्दामा पनि खड्काको मुद्दामा जस्तै शेरबहादुर देउवा र गोपाल पराजुलीको चासो जोडिएको छ ।

एमाले बारको आन्दोलनबाट अलग

यसैवीच नेकपा एमाले समर्थित कानून व्यवसायीहरुले सर्वोच्च अदालतविरुद्ध बारले गरेको आन्दोलनमा सहभागिता नजनाउने निर्णय गरेका छन् ।

एमाले समर्थित प्रगतिशील कानून व्यवसायी संगठनका अध्यक्ष रुद्र नेपालले अनलाइनखबरसँग भने, ‘सर्वोच्च अदालतको निर्णयको विरोधमा हुने यो आन्दोलनमा हाम्रो सहभागिता र समर्थन छैन ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget