पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा अष्ट्रेलियाले २४१ रनमा दोस्रो पारी अन्त्यको घोषणा गरेको छ । र, पाकिस्तानलाई ४६४ रनको विजयी लक्ष्य लिएको छ ।
चौथो दिन नै दोस्रो पारी थालेको अष्ट्रेलियाले ३२ ओभरमा मात्र खेल्यो र २ विकेटको क्षतिमा २४१ रन बनाएपछि पारी समाप्तिको घोषणा गर्यो । उसका उस्मान ख्वाजा ७९ र पिटर हृयाण्डसकम्ब ४० रनमा अविजित रहे । स्टिभ स्मिथले ५९ रन बनाए भने डेभिड वार्नरले ५५ रनको योगदान दिए ।
यसअघि ८ विकेटको क्षतिमा बनाएको २७१ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तान ३१५ रन बनाउँदा अलआउट भयो । अष्ट्रेलियाले पहिलो पारीमा ५३८ रन बनाएको थियो ।
तीन टेष्टको सिरिज २-० ले अष्ट्रेलियाले आफ्नो पक्षमा पारिसकेको छ ।
Post a Comment