Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्प भन्छन्, ‘पत्रकार धर्तीका सबैभन्दा बेइमान मानिस, मेरो उनीहरुसँग लडाईं’





अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारलाई धर्तीको सबैभन्दा बेइमान मानिसको संज्ञा दिएका छन् । ट्रम्पले मिडियाको शपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थितीको झुटो रिपोर्ट देखाएका कारण यसको नतिजा भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

न्यूज एजेन्सीका अनुसार ट्रम्पले सिआइएको मुख्यालयमा भने, ‘मैले ठूलो मैदानमा शपथ लिएँ जुन मानिसले खचाखच भरिएको थियो । तपाईं देख्न सक्नुहुन्थ्यो ।’

– ‘तर मैले बिहान एक च्यानल खोलें तब देखें कि मैदान खाली देखिएको थियो ।’

– ‘म भन्छु, जब मैले भाषण दिइरहेको थिएँ तब त्यहाँ लाखौं मानिसहरु थिए र तपाईं खाली मैदान देखाइरहनुभएको छ ?’

– अब मिडियासँग आफ्नो लडाईं सुरु भएको पनि उनले बताएका छन् ।

त्यहाँ पानी पनि परिरहेको थियोः

– ट्रम्पले भने, ‘तपाईं (मिडिया) भन्नुहुन्छ, डोनल्ड ट्रम्पले राम्रो भीड जुटाउन सकेन । म भन्छु, त्यतिबेला पानी पनि परिरहेको थियो जसले धेरैजसो मानिसलाई त्यहाँ आउनबाट रोक लगायो । ’

– ‘पानी परिरहेको बेला पनि मैले आफ्नो भाषण जारी राखें । मेरो लागि त्यहाँ शानदार माहौल थियो किनभने त्यहाँ लाखौं मानिसको उपस्थिती थियो ।’

– ‘मलाई अहिले लागिरहेको छ कि मैले त्यतिबेला निकै गल्ती गरेर त्यो च्यानल लगाएँ जसले शपथ ग्रहणका बेला खाली मैदान देखाएको थियो ।’

मिडिया भन्छ, मैले २ लाख ५० हजार मानिस जुटाएँ

– ट्रम्पले भने, ‘मिडियाका अनुसार मैले २ लाख ५० हजार मानिस जुटाएको भन्छ । यो नराम्रो होइन तर यो झुटो हो ।’

– ‘वास्तवमा हामीले एक सानो मैदानमा २ लाख ५० हजार मानिस जुटायौं । बाँकी मानिसहरु २० अन्य स्थानमा फैलिएका थिए ।’

– ‘वासिङ्टन मोनुमेन्ट्स जाने सबै बाटो मानिसले भरिएको थियो । ’

– ‘यसरी मैले उनीहरुको (मिडिया) को झुटलाई निकै उत्कृष्ट ढङ्गले समातें ।’

– ट्रम्पले चेतावनी दिए, ‘मलाई लाग्छ यसका लागि उनीहरुले (मिडिया)ले ठूलो मूल्य चुकाउनु पर्छ ।’-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget