Websoft University

www.radiomakalu.com || 021-522512


चुनावमा अवरोध गर्ने महन्थ ठाकुरको चेतावनी

mahantha-thakur

विराटनगर,माघ ७ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनलाई थाती राखेर चुनावमा गए त्यसलाई अवरोध गर्ने चेतावनी दिएका छन् । मधेसी मोर्चाको मागलाई बेवास्ता गर्दै सरकारले चुनावको कुरा उठाएको ठाकुरको आरोप छ ।
‘सिमांकन सम्वन्धी विवाद टुंगो नलागेसम्म हामी कुनैपनि निर्वाचनलाई स्विकार गर्ने पक्षमा छैनौं,’ शुक्रबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ठाकुरले भने, ‘यदि सरकार हाम्रो मागलाई सम्बोधन नगरी चुनावमा जान्छ भने हामी चुनाव हुन्न दिन्नौं, अवरोध गर्छौं ।’

‘हामी परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेका छौं । सरकार चुनावको कुरा गरेर हाम्रो मागलाई बेवास्था गर्न खोज्छ,’ ठाकुरले भने ।

उनले सरकारले सदनमा टेबल गराएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताए ।

‘सरकारले नै संविधान संशोधन प्रकृयाकालागि सदनमा टेबल गराउने अनि यसैले असफल बनाउने काम गर्छ भने त्यसलाई स्विकार गर्न सकिन्न,’ ठाकुरले भने, ‘संविधान संशोधन कुनैपनि हालतमा पास हुनु पर्छ ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget