Websoft University

www.radiomakalu.com || 021-522512


मोसुलबाट एक लाख ६१ हजारभन्दा बढी मानिस विस्थापित

संयुक्त राष्ट्रसङ्घ, माघ ११ गते । इराकको मोसुलबाट हालसम्म एक लाख एकसठ्ठी हजार भन्दा धेरै व्यक्ति आन्तरिक रुपमा विस्थापित भएका छन् ।

मोसुलमा भईरहेको लडाईका कारण उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिनुभयो ।

विस्थापितहरुलाई मानतावादी संस्थाहरुले राहत स्वरुप खाना, पानी र शरिरको सफाई सम्वन्धी सामग्रीहरु वितरण गरेका छन् ।

विस्थापित भएका झण्डै चार हजार पाँच सय जनालाई आइतबार ती राहत सामग्रीहरु वितरण गरिएको स्टेफनले बताउनु भयो ।

पछिल्लो हप्ता मात्रै पूर्वीमोसुलमा बस्दै आएका झण्डै ५६ हजार एक सय जनालाई राष्ट्रसङ्घका साझेदारहरुले सहयोग सामग्रीहरु बाडेका थिए ।

इराकको सुरक्षा बलले मोसुलबाट इस्लामिक स्टेट (आईएस)लाई हटाउनका लागि कडा प्रयास गरिरहेको छ । मोसुलको पुर्वी क्षेत्र सन् २०१४ को जुनदेखि आईएसको नियन्त्रणमा रहेको छ । मोसुल ईराकको राजधानी बगदाददेखि चार सय किलोमिटर टाढा पर्दछ । रासस÷सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget