स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन्।

निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पुर्याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड थियो ।
गोष्ठीले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पहुँचमा पुर्याउँदै दिगो विकासका लक्ष्य हासिल गर्न दशबुँदे पोखरा प्रतिबद्धतासमेत जारी गरेको छ ।-रासस
Post a Comment