Websoft University

www.radiomakalu.com || 021-522512


कोरियामा राष्ट्रपतिद्वारा भ्रष्टाचार प्रकरण : सामसुङका उत्तराधिकारीविरुद्ध पक्राउ पुर्जी जारी





सिओल – सामसुङ इलेक्ट्रोनिक्सका उत्तराधिकारी मानिएका उपाध्यक्ष लि जे योङविरुद्ध सोमबार पक्राउ पुर्जी जारी गरिएको छ ।

उनीमाथि घुस, झुठो बयान दिएको र धोखाधडीको आरोप लगाइएको छ ।

कोरियाली राष्ट्रपति पार्क गेउन हेसँग राजनीतिक भ्रष्टाचारको मामिला अन्तरगत भइरहेको छानविन गर्ने अधिकारीहरुले पक्राउ पुर्जी जारी गरेका हुन् ।

लिलाई गत हप्ता सोधपुछका लागि बोलाइएको थियो भने आगामी दिनमा पनि सोधपुछका लागि बोलाइनेछ । त्यहीँ उनलाई पक्राउ गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय हुनेछ ।


यदी न्यायाधीसले पक्राउ पुर्जी सही रहेको ठहर गरेमा कोरियाको सबैभन्दा ठूलो समूहको नेतृत्व गर्ने भनिएका लि जेल जानुपर्नेछ ।

सोमबार मात्र नेसनल पेन्सन सर्भिसका प्रमुख मुन ह्युङ प्योलाई पनि झुठो बयान दिएको र शक्तिको दुरुपयोगको आरोपमा दोषी ठहर गरेको थियो ।

मुनमाथि सामसुङ दुई कम्पनी कम्पनीबीचको मर्जरका बेला पेन्सन फण्डलाई त्यसलाई समर्थन गर्न दबाब दिएको आरोप छ । उनी त्यतिबेला उनी स्वास्थ्य तथा कल्याण मन्त्री थिए ।

यो मर्जनले लिलाई सामसुङ इलेक्ट्रानिकमा आफ्नो पकड बलियो बनाउन मद्दत गरेको थियो ।

यसबारेमा सामसुङ इलेक्ट्रोनिक र नेसनल पेन्सन सिर्भसले कुनै प्रतिक्रिया जनाएको छैन ।

यो प्रकरणमा राष्ट्रपति पार्कमाथि महाभियोगको प्रस्ताव पारित गरी सकिएको छ । जसको अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget