
काठमाडौं,पुष २२ गते । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाए मान्य नहुने चेतावनी दिएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिए । धुम्बाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले अहिलेकै संशोधन विधेयक अघि बढाए प्रतिरोधमा उत्रने बताए ।
सर्वोच्च अदालतको आदेशले कानुनी रुपमा जे फैसला गरेको भएपनि राजनीतिक सहमतिको आधारमा मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।
राप्रपा अध्यक्ष थापाले स्थानीय तह पुनसर्ंरचना आयोगले तयार पारेको प्रतिवेदन नबुझेकोमा आपत्ति जनाए । प्रतिवेदन बुझेर तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।-अनलाइनखबर
Post a Comment