Websoft University

www.radiomakalu.com || 021-522512


डाँडामा मन्दिर देख्नासाथ केबलकार बनाउन प्रस्ताव !


पाथीभरा केबलकारका लागि मात्रै ५ कम्पनीको आवेदन
cable-car-1
काठमाडौं, माघ ११ गते । मनकामनामा केबलकार गुड्न थालेको दुई दशकपछि काठमाडौंको चद्रागिरिमा पनि केबलकार सुरु भयो । तर, अबको केही वर्षमा चर्चित मन्दिरदेखि पर्यटकीय गन्तव्यहरुमा समेत केबलकार हुने देखिएको छ ।

पाथीभरा, स्वर्गद्वारी, मक्तिनाथ मन्दिरदेखि सारङकोट डाँडामा समेत केबलकार लैजाने प्रस्ताव आएको छ । र, केहीमा प्रारम्भिक वातावरणीय मूल्यांकनका लागि अनुमाति समेत दिइएको छ ।

केबलकार निर्माणका लागि अहिले होडबाजी चलेको छ । विभिन्न कम्पनीले थप १२ स्थानमा केबलकार निर्माण तथा सञ्चालनका लागि सरकारसँग अनुमति मागेका छन् ।

यतिसम्म कि एकै स्थानमा केबलकार निर्माणका लागि पाँच कम्पनीले आवेदन दिएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि ५ वटा कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन दिएका छन् ।

कहाँ-कहाँ बन्दैछ केबलकार ?

मनकामना केबलकार प्रालिले ०५५ सालदेखि मनकामना मन्दिर दर्शनका लागि कुरिनटारदेखि मनकामनासम्म पुग्ने केबलकार सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क प्रालिले यसै वर्षदेखि थानकोटदेखि चन्द्रागिरिसम्म केबलकार निर्माण गरेको छ ।

तर, अब ११ स्थानमा केबलकार निर्माण भने पाइपलाइनमा छ । पाथीभर, कालिन्चोक मन्दिरका साथै सेतीबगर-सारङकोट, गोदावरी फुल्चोकी र सहसपथ दोभावमा पनि केबलकार निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्यांकनको अनुमति दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार पाथीभरमा पाँच कम्पनीले केबलकार निर्माणका लागि आवेदन दिएका छन् । त्रिवेणी केबलकार, हिमाल दर्शन, पाथीभरा देवी दर्शन, इलाम पाथीभरा दर्शन प्राली र दिब्य दर्शनले पाथीभरामा केबलकार निर्माणका लागि प्रस्ताव पेश गरेका छन् ।

मन्त्रालयले त्रिवेणी केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन गर्न अनुमति दिएको अधिकारीले बताए । अन्य कम्पनीको निवदेन भने थाती राखिएको छ ।

यस्तै सेतीबगरदेखि सराङकोट डाँडासम्म केवलकार निर्माणका लागि आवेदन दिएको अन्नपूर्ण केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन अनुमति दिइएको छ ।

त्यस्तै गोदावरीदेखि फुल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र बुटवलको साहसपथ दोभानमा सिद्धार्थ केबलकार प्रालिले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति पाएका छन् । कालिन्चोक मन्दिरमा केबलकार बनाउन चाहेको कालिन्चोक दर्शन लिमिटेडले पनि वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएको छ ।

एकै कम्पनीले ३ स्थानमा केबलकार बनाउने !

दिव्य दर्शन कम्पनीले देशका ३ स्थानमा केवलकार निर्माणका लागि अनुमति मागेको छ । मन्त्रालयका अनुसार यो कम्पनीे मुक्तिनाथ मन्दिर, प्युठानको स्वर्गद्वारी र पाथीभरा मन्दिरका क्षेत्रमा केबलकार निर्माणका लागि अनुमति मागेको छ ।

तर, मन्त्रालयले पाथीभराका लागि दिब्य दर्शनको साटो त्रिवेणी केबलकारलाई प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएको छ । मुक्तिनाथ र स्वर्गद्वारी प्रक्रियामै छन् ।

मन्त्रालय भने कार्यविधि बनाउँदै

अहिलेसम्म केबलकार सम्बद्ध कुनै कानुन छैन । केबलकार निर्माणका लागि निवदेन दिने तथा यो क्षेत्रकोे व्यवसायमा व्यापारीको आकर्षण बढ्न लागेपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि निर्माण कार्य अघि बढाएको छ ।

मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘पछिल्लो समय निर्माणको अनुमति माग्दै आउने निवेदन बढे । त्यसैले अब यो क्षेत्रलाई व्यवस्थित गर्न कार्यविधि बनाउन लागेका हौं ।’

यसरी अघि बढ्छ केबलकार निर्माण प्रक्रिया

कुनै पनि कम्पनीले केबलकार निर्माणका लागि अनुमति मागेपछि मन्त्रालयलाई उचित लागेमा अध्ययनको स्वीकृति दिन्छ । यसपछि कम्पनीहरुले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति पाउँछन् । यो रिपोर्ट स्वीकृति भएपश्चात मात्रै डिटेल डिजाइनको अनुमति दिइन्छ । जसलाई मन्त्रालयले स्वीकृति दिनुपर्छ । डिजाइन स्वीकृति भएपछि मात्रै निर्माणको स्वीकृति मिल्छ ।

निर्माणको स्वीकृति पाएपछि भने निर्माण सुरु गर्न पाइन्छ । तर, वनबाट स्वीकृति लिन पर्दछ । केबलकार निर्माण गर्दा ठूलो मात्रामा वनको क्षति पनि हुने गरेको देखिएको छ ।

प्रतिस्पर्धामा एकै ठाउँमा एक भन्दा बढी निर्माण कम्पनीले पनि केबलकार निर्माण गर्न चाहे निर्माणको अनुमति दिने सोचमा छ अहिले भौतिक पूर्वाधार मन्त्रालय ।

प्रवक्ता अधिकारी भन्छन्, ‘पाथिभरामा त्रिवेणी केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति दिइएको छ, अन्यले पनि निवेदन दिएका छन् अर्काे पनि बनाउँछु अर्काेतर्फबाट भने हामीले रोक्न मिल्दैन ।’

सञ्चालन अनुमति पाएका कम्पनी
कम्पनीको नामकेबलकार सञ्चालन भएको ठाउँ
मनकामना दर्शन प्रालि कुरिनटारदेखि मनकामना
काठमाडौं फनपार्क प्रालि थानकोट चन्द्रागिरि


प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएका कम्पनी
कम्पनीको नामकेबलकार सञ्चालन गर्ने ठाउँ
त्रिबेणी केबलकार प्रालि पाथीभरा मन्दिर
कालिञ्चोक दर्शन लिमिटेड कालिन्चोक मन्दिर
अन्नपूर्ण केबलकार प्रालि सेतीबगर सराङकोट डाँडा
सिद्धेश्वर पर्यटन सहकारी लिमिटेड गोदावरी फुल्चोकी
सिद्धार्थ केबलकार प्रालि साहसपथ दोभान


केबलकार निर्माणका लागि आवेदन दिएका कम्पनी
कम्पनीको नामकेबलकार सञ्चालन गर्ने ठाउँ
हिमाल दर्शन पाथीभरा मन्दिर
पाथीभरा देवी दर्शन पाथीभरा मन्दिर
लिक सेवा भक्तपुरको सूर्यबिनायक
त्रिबेणी केलबकार प्राली बुढानीलकण्ठदेखि शिवपुरी डाँडा
मौलाकालिका डेभलपमेन्ट प्राली देवघाटदेखि मौलाकालिका
दिव्य दर्शन मुक्तिनाथ मन्दिर
दिव्य दर्शन स्वर्गद्वारी मन्दिर
दिव्य दर्शन पाथीभरा
सगरमाथा रोपवे प्राली सोलखुम्बु जिल्ला १२ किमी
घ्याम्पेफेदी गोसाइकुण्ड केबलकार प्रालि घ्याम्पेफेदी गोसाइकुण्ड
इलाम पाथीभरा दर्शन पाथीभरा मन्दिर
सुदिल पोखरेल,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget