Websoft University

www.radiomakalu.com || 021-522512


धनकुटामा सवारी दुर्घटना, ३ को मृत्यु




धनकुटा,माघ ३ गते। धनकुटाको फाक्सिव-६ मा विवाहको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मोरङको केराबारी ७ बाट फाक्सिव गएको को १ च ८१८ नम्बरको गाडी सिजिबुङ खयरवनी पाखोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षीया अइता राईको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका चार जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बाँकी सामान्य उपचार गरेर फर्किएका छन् । दुलाह दुलहीको अवस्था भने सामान्य छ ।

दुर्घटनापछि फरार भएका चालक विक्रम सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget