Websoft University

www.radiomakalu.com || 021-522512


पाथीभरा क्षेत्रमा लागेको आगो ३ दिनमा पनि नियन्त्रण भएन



ताप्लेजुङ, माघ १२ गते । हिउँदको समय लागेसँगै ताप्लेजुङमा आगलागीको घटनामा वृद्धि भएको छ । गत सोमबार दिउँसोबाट पाथीभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीका कारण लालीगुराँसले ढाकेको ठूलो क्षेत्रको बन जलेर नष्ट भएको सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले बताए । सोमबार दिनभर समुदायको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हिजो दिउँसोदेखि सदरमुकामबाट प्रहरी र सेनाको टोली पनि खटिएको आगो निभाउने काम भईरहेको शेर्पाको भनाइ छ ।

प्रहरी र सेनासहित जिल्ला बन कार्यालयले पनि आगो नियन्त्रणका लागि कर्मचारी खटाएको बन कार्यालयले बताएको छ । आगो ठुलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा समस्या भएपछि चारैतिर अग्निरेखा कोर्न थालिएको स्थानीयले बताएका छन् ।


आगलागी सोमबार दिउँसो तीन बजेबाट सुरु भएको भए पनि आगलागीको कारण भने खुलेको छैन । आज पनि विहानैदेखि आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी, सेना र बनका कर्मचारी खटिरहेका छन् ।

वनमा दुर्लभ प्रजातिको लालिगुराँस र रेडपाण्डा पाईने गरेको छ । अघिल्ला वर्षहरुमा फागुन र चैतमा आगलागीका घटना हुने गरेपनि यस वर्ष असोज महिना देखि पानी नपरेको र झार पात सुकेकाले आगो चाँडो फैलीएको बन कार्यालयले बताएको छ ।

यस वर्षको हिउँद लागेयता पानी नपरेकाले चिसो धेरै नबढी पुन तापक्रम बढ्न सुरु भएको पुर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।


यसैबीच ताप्लेजुङको नाल्बुमा एक घरमा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ । हिजो दिउँसो नाल्बु ९का सुम्बा शेर्पाको दुई तले घरमा अचानक आगलागि हुँदा सो मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीका कारण घर सहित ग्वाली तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगालगी प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीको टोली र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।



रविन भट्टराई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget