Websoft University

www.radiomakalu.com || 021-522512


वैशाख अन्तिम साता चुनाव हुने प्रधानमन्त्रीकाे दावी



फलेवास (पर्वत), माघ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ ।

पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उहाँले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले कानुन निर्माण गर्नुप¥यो, त्यसपछि निर्र्वाचनको मिति घोषणा हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई÷तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने दाबी गर्नुभयो । उहाँले माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताउनुभयो ।

आगामी २०७४ को माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा जाँदा मधेसी, थारु, आदिवासी, जनजातिलाई समेतसँगै लैजानुपर्ने भएकाले संविधान संशोधन गरेर अघि बढ्ने तयारी भइसकेको पनि बताउनुभयो ।

उहाँले निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।”

मधेस, पहाड र हिमाललाई मिलाएर देशलाई निर्वाचनमा लैजानुपर्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको नाताले आफूले सबै पक्षलाई मिलाउन हरतरहले प्रयत्न गरेको बताउनुभयो ।

मुलुक बिखण्डन गर्न खोज्ने तत्व सक्रिय हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सत्ता र सत्ता बाहिर रहेका पार्टीलाई यो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यकातर्फबाट कठोर कदम चाल्ने चेतावनी पनि दिनुभयो । केही व्यक्तिले भड्काउन खोज्दैमा नेपाली जनताको एकतामा बिखण्डन नआउने उहाँको तर्क रहेको थियो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको आर्थिक विकास गर्न लागिपरेको बताउनुभयो । जबसम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन तबसम्म मुलुक आर्थिकरुपमा सबल हुन सक्दैन । आर्थिक समृद्धि नभएसम्म विश्वका अन्य मुलुकले नेपालको अस्तित्व स्वीकार नगर्ने भएकाले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो ।

उहाँले दुई छिमेकी मुलुकसँग साझेदारी गर्ने विषयमा गम्भीर ढङ्गले कुरा भइरहेको बताउँदै हवाई मार्ग, रेलमार्ग वा सडकमार्ग तीनवटै माध्यमवाट छिमेकीसँग नजिकिन पहल भइरहेको बताउनुभयो । उहाँले अहिले सरकार ठूला जलाशययुक्त जलविद्यु्त आयोजनातर्फ केन्द्रित बनेको बताउँदै सबै सम्भावनायुक्त क्षेत्रको पहिचान गरी राज्यको लगानीलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुश्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेलमैदान निर्माण र लप्सी प्र्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । कोरला नाका तत्काल खुलाउन पहल गर्ने बताउँदै उहाँले नाका खुल्ने बित्तिकै पर्वतलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्न सकिने आँैल्याउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने सो महोत्सवमा विभिन्न कार्यक्रम हुनेछन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget