Websoft University

www.radiomakalu.com || 021-522512


मनास्लु क्षेत्रमा आउने पर्यटकको संख्या दोब्बर


tourist-phto-trekking
काठमाडौं,माघ १२ गते । गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकको संख्या बढेको छ । सन्् २०१५ मा भन्दा सन् २०१६ मा दोव्बरको संख्यामा पर्यटक बढेको मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखा कार्यालयले जनाएको छ ।

सन् २०१५ मा दुई हजार चार सय १९ जना पर्यटक मनास्लु संरक्षण क्षेत्र घुम्न आएका थिए । २०१६ मा भने चार हजार आठ सय ७२ जना पर्यटकले मनास्लु संरक्षण क्षेत्रको अवलोकन गरेका छन् ।



‘सन् २०१५ को तुलनामा २०१६ मा दुई हजार चार सय ५३ बढी पर्यटक आए,’ कार्यालयका प्रमुख राज कुमार गुरुङले भने ‘यो अघिल्लो बर्षको तुलनामा दोब्वर भन्दा बढि हो ।’

सन् २०१४ को तुलनामा २०१५ मा भने पर्यटकको संख्या घटेको गुरुङले बताए । ‘भूकम्पका कारण पनि सन् २०१५ मा पर्यटक कम आए, तर अहिले भने बढ्न थालेका छन्,’ उनले भने ।

चालु आर्थिक बर्ष २०७३/०७४ को पौष महिनाको १६ गते सम्म मनास्लु संरक्षण क्षेत्रमा तिन हजार पाँच सय १८ जना पर्यटक आएका छन् । जसमध्ये ३१ जना सार्क राष्ट्र र बाकी अन्य बिदेशी मुलुकका पर्यटक रहेको गुरुङले बताए । उनले भने ‘सेप्टेम्वर, अक्टोवर र नोभेम्वर पर्यटक आउने सिजन हो, अन्य महिनाको तुलनामा यी महिनाहरुमा पर्यटक बढि आउछन् ।’

मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्नका लागी पर्यटकले नेपाल सरकारलाइ शुल्क तिर्नुपर्छ । ‘मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति दुई सय र अन्य मुलुकको पर्यटकले प्रतिव्यक्ति दुई हजार शुल्क नेपाल सरकारलाइ तिर्नुपर्छ,’ गुरुङले भने ।

वर्ष २०१६ मा मनास्लु संरक्षण क्षेत्र आउने पर्यटक बाट ७० लाख तीस हजार रकम संकलन भएको उनले बताए । भूकम्प गएको बर्ष पदमार्ग अवरुद्ध हुँदा पर्यटकको संख्यामा कमी आएको थियो । तर अहिले पदमार्ग मर्मत भएसँगै पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ ।

अहिले कतिपय ठाउँमा पदमार्ग स्तरोन्नतीको काम भइरहेको कार्यालयले जनाएको छ । पर्यटकको गन्तव्य स्थल रहेको मनास्लु संरक्षण क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागी थप प्रयास भइरहेको कार्यालय प्रमुख गुरुङले बताए ।

संरक्षण क्षेत्र घुम्न आउने पर्यटक मध्य वर्षेनी एक सय ५० जना मनास्लु हिमाल आरोहण गर्न आउने उनको भनाइ छ । आरोहण गर्ने क्रममा कतिपय पर्यटकको ज्यान समेत जाने गरेको छ ।

यस वर्ष मनास्लु हिमाल आरोहण गरेर र्फकने क्रममा एक जना बिदेशी र संरक्षण क्षेत्र घुम्न गएका दुई जना पर्यटकको केरौजाको पहिरोमा परी ज्यान गएको थियो ।
उत्तरी गोरखाको सात दुर्गमा गाविस सिर्दिवास, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सामागाँउ मनास्लु संरक्षण क्षेत्रभित्र पर्छन् ।

यातायातको पहुँच नभएको उक्त क्षेत्रमा दैनिक उपभोग्य सामग्री ढुवानीको एक मात्र बिकल्प खच्चड हो । उक्त क्षेत्रका अधिकांश स्थानियहरु पर्यटन व्यवसायबाट जिविकोपार्जन गर्दै आएका छन् ।

-विकास मरहट्टाबाट

फोटोः शंकर राई ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget