काठमाडौं,पुष २४ गते । आयोजना सुरु गर्नु अगावै लगानी बोर्डलाई शुल्क तिर्नुपर्ने व्यवस्था रद्द भएको छ । बोर्डले छलफलका क्रममा लिनेे शुल्कको व्यवस्था हटाउने निर्णय गरेको हो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार बसेको बोर्डको बैठकले यो व्यवस्था हटाउने निर्णय गरेको छ ।
शुल्क निर्धारण गर्नुअघि नै प्रस्ताव पेश भएका आयोजना अघि बढाउन लागत शुल्क बाधक भएको भन्दै विकासकर्ताले बताएपछि बोर्डले तत्कालका लागि शुल्क तिर्नुपर्ने व्यवस्था स्थगित गरेको लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
अधिकारीले भने, ‘यो शुल्कका कारण कैयन बिकासकर्ताहरुले छलफलमै आउन चाहेनन्, बाधक देखियो, त्यसैले हटाइदिने निर्णय गरेका हौं ।’-अनलाइनखबर
Post a Comment