Websoft University

www.radiomakalu.com || 021-522512


सरकार र मधेशी मोर्चाबीचको बैठक निश्कर्षविहिन


सरकार र मधेशी मोर्चाबीचको बैठक निश्कर्षविहिन
काठमाडौं माघ १७ गते । मधेसी मोर्चासहित सत्तारुढ दलको बैठक विना निश्कर्ष सकिएको छ । चुनावको मिति घोषणा गर्ने लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा मधेसी मोर्चा आफ्नो पुर्ववत अडानबाट पछि नहटेपछि बैठक विनानिश्कर्ष सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल केन्द्रीत भएपनि मोर्चाको अडानमा परिवर्तन नआउदा चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको सरकार विलखबन्धनमा परेको छ ।
मोर्चाले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने अडान राख्दै आएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधी, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केद्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागि थिए ।-रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget