Websoft University

www.radiomakalu.com || 021-522512


केराका यी अज्ञात उपयोगबारे के जानकार हुनुहुन्छ तपार्ईं ?




केरा हाम्रो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यो तपाईंको छाला, कपाल र थुप्रै घरेलु काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने बारे निकै थोरैलाई थाहा होला । आउनुहोस्, जानकारी लिऔंः

१. तनाव कम गर्नुहोस्ः
केराले तनावलाई कम गर्न मद्दत गर्दछ । केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले मुडलाई आराम प्रदान गर्दछ । तनावमा भएका मानिसले केरा खाँदा राम्रो महसुस हुन्छ ।

२. जुत्ता चम्काउनुहोस् केरालेः

केराले छालाको जुत्तामा पोलिसको काम गर्दछ । के तपाईंलाई केराको यो अचम्मको विशेषताबारे जानकारी छ ? यदि छैन भने केराको बोक्रालाई छालाको जुत्तामा लगाउनुहोस्, यो मज्जाले टल्कन्छ ।

२. दाँत चम्काउनुहोस्ः
यदि तपाईं आफ्नो दाँत टल्कियोस् भन्ने चाहनुहुन्छ भने यसको बोक्राको प्रयोग गर्नुहोस् । ब्रश गरेपछि हरेक दिन केराको बोक्रालाई केही मिनेटका लागि रगढ्दा दाँत चम्किलो हुन्छ ।

३. छालाको लागि फाइदाजनकः
अहिलेसम्म तपाईंले केराको प्रयोग खानका लागि मात्र गर्नुभएको होला । तर यसपटक यसको उपयोग छालालाई स्वस्थ र चम्किलो बनाउनका लागि गर्नुहोस् । केरामा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम, फस्फोरस र कार्बोहाइड्रेट भरपूर मात्रामा हुन्छ जुन छालाका लागि फाइदाजनक हुन्छ ।

५. छालाका लागि मोइस्चुराइजर हो केराः
केरा मिठो हुनुका साथै यो एउटा राम्रो मोइस्चुराइजर पनि हो । घरमा केराको पेस प्याक बनाउनका लागि एक चौथाई पाकेकेो केरा र त्यसमा एक चम्चा मह र आधा चम्चा दही मिसाउनुहोस् । यसलाई राम्रो तरिकाले मिसाएपछि आफ्नो अनुहारमा फेस प्याकको रुपमा लगाउनुहोस् । लगभग १० देखि १५ मिनेट पछि मनतातो पानीले अनुहार सफा गर्नुहोस् । तपाईंको छालाको हराएको चमक फिर्ता आउँछ ।

६. कपाल स्वस्थ र चम्किलोः
लगातार कलर गरेर र केमिकलले खराब भएको कपाल केराको प्रयोगले ठिक पार्न सकिन्छ । भिटामिन बी र सीको राम्रो स्रोत भएका कारण यसले राम्रो पोषण दिने गर्दछ । पोटासियमले भरपुर केराले कपाललाई नरम बनाउँछ । यदि तपाईंको कपाल निकै रुखो छ भने एउटा केरामा एक चम्चा ग्लिसिरिन वा मह मिसाएर प्याक बनाएर कपालमा लगाउनुहोस् ।

७. पोलेको कम गर्छः
यदि आगोले पोल्यो भने केराको प्रयोगले जलन कम गर्न सकिन्छ । बोक्रा हुने भएका कारण केरा सधैं शुद्ध र संक्रमण मुक्त हुन्छ । राम्रोसँग पाकेको केराको गुदीलाई जेलेका भागमा लगाएर कपडाले बाँधिदिनुहोस्, तुरुन्त आराम हुन्छ ।

८. फुटेको कुर्कुुच्चालाई ठिक बनाउँछः
यदि तपाईंको कुर्कुच्चा फुटेको छ भने केराले तपाईंलाई राहत दिन्छ । यसका लागि खुट्टालाई मनतातो पानीले मज्जाले धुनुहोस् । त्यसपछि खुट्टामा केरा र नरिवलको तेल मिसाएर बनाएको प्याक लगाउनुहोस् । केहीबेर पछि यसलाई धुनुहोस् । नरिवल र केरा फ्याट र भिटामिनले भरिपूर्ण हुन्छ जसले खुट्टालाई नरम बनाइराख्छ ।- ओन्ली माई हेल्थ

    Post a Comment

    MKRdezign

    {facebook#http://fb.com/www.bhawesh.com.np}

    Contact Form

    Name

    Email *

    Message *

    Powered by Blogger.
    Javascript DisablePlease Enable Javascript To See All Widget