Websoft University

www.radiomakalu.com || 021-522512


माधव नेपालको प्रश्नः प्रचण्डले गल्ती गर्दा शेरबहादुर किन चुप लागेका छन् ?





काठमाडौं, पुस २० गते । नेकपा एमालेका नेता माधव कुमार नेपालले एमालेले विगतदेखिनै उठाउँदै आएको सवाललाई सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएको बताएका छन् ।


उनले केहि दल र नेताहरुको स्वार्थमा संशोधन प्रस्ताव ल्याइएको भन्दै जनताको हितमा नरहेको संशोधन पारित हुन नसक्ने बताए ।
प्रेस चौतारी नेपालले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा नेपालले प्रधानमन्त्री प्रचण्डमा राज्य सञ्चालनको अनुभव नभएको तर्क गर्दै पाका भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवापनि उनको गलत क्रियाकलापमा चुप लागेको बसेको आरोप लगाए ।
उनले भने–
–प्रचण्डलाई राज्य सञ्चालनको कम अनुभव छ । शेरबहादुर देउवा सत्ता सञ्चालनमा पाको हुनुहुन्छ तर उहाँपनि प्रचण्डको गलत क्रियाकलाप हेरेर बसिरहनु भएको छ । उहाँले गलत कुरालाई रोक्न सक्नुपर्छ ।

–नेपालीहरु विभाजन हैन , एकता चाहन्छन्। हिमाल पहाड र तराईमा मिलेर बस्न चाहन्छन् ।
–विखण्डन गर्छु भन्नेहरुलाई यो सरकारले केहि गर्न सकेको छैन । उनीहरु खुलम्खुल्ला हिँडिरहेका छन् । अरु देशमा भएको भए त्यस्तामाथि कडा कारबाही हुन्थ्यो ।
– हाम्रो अडान राष्टिय हितमा रहेको कुरा सर्वोच्चले पुष्टि गर्यो ।
– माघ ७ भित्र चुनाव नभए देश संवैधानिक संकटमा फस्छ । तिनै तहको निर्वाचन गर्ने कुरामा जोडतोडका लागि लाग्नुपर्छ ।
–संविधान संशोधन वेमौसी बाजा हो । कुनै पार्टी या उसका नेतालाई संशोधन हुनुपर्छ भन्ने लाग्दो हो तर त्यो आवश्यकता हैन ।
–सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुन बाट बचायो । देश सबै जातजातीको फुलबारी हो । ५ नम्बर प्रदशेबाट सुरुवात गरेर देशलाई द्धन्द्धमा फसाउने खेल थियो, त्यसलाई सर्वोच्चले रोक्ने काम गरेको छ ।
–माधव नेपाल मधेसमा जन्मिएको हो उसको कुरा लागू नहुने तर जसको बाबुबाजेको पत्तो नै छैन उसको कुरा चाहिँ लागू हुनुपर्ने ? कसरी हुन्छ यो कुरा ?    रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget