राष्ट्रपतिले भनिन्-पृथ्वीनारायण एकताका प्रतिक हुन्,कसैले उपेक्षा गर्न सक्दैनकाठमाडौं, पुष २४ गते । सत्तारुढ तेस्रो दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणाका लागि पहल गरिदिन राष्ट्रपति समक्ष आग्रह गरेको छ ।
राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी र सचेतक परशुराम तामाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।शीतल निवास पुगेका राप्रपा नेताहरुले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आयोजना गरेको चियापानमा राष्ट्रपतिको उपस्थितिका लागि निम्ता समेत दिए ।
राष्ट्रपतिले आफू सल्लाह गरेर खबर गर्ने जवाफ दिएको गिरीले बताए । सो अवसरमा राष्ट्रपति भण्डारीले एकीकृत नेपालका निर्माता पृथ्वीनारायण शाह एकताका प्रतिक भएकाले कसैले पनि उपेक्षा गर्न नमिल्ने बताएको उनले जानकारी दिए ।
राप्रपाका नेताहरुले २७ गते राष्ट्रिय एकता दिवस घोषणा गरि सार्वजकि विदा दिनुपर्ने माग राखिसकेका छन् ।-अनलाइनखबर

Post a Comment