Websoft University

www.radiomakalu.com || 021-522512


धरानलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

manang-vs-dharan

चार पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको प्रतिष्पर्धामा धरान फुटबल क्लवलाई ४/१ फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा क्याप्टेन अनिल गुरुङ र सुजल श्रेष्ठले २/२ गोल गरे ।



आइतबार भएको खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको मनाङको अगाडि धरान निरिह देखियो । अघिल्लो खेलमा पछिल्लो क्रममा र्फममा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २/१ ले पराजित गर्दै क्वाटरफाइनलमा आएको धरान मनाङका खेलाडी अघि खुलेर खेल्नै सकेनन् र त्यसको फाइदा मनाङले लियो ।

शुरुदेखी नै आक्रामक रणनीति अप्नाएको मनाङले ३३ औं मिनेटमा खाता खोल्यो । क्याप्टेन अनिल गुरुङको पासमा सुजलले हेडर गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।

त्यसको ८ मिनेटपछि नै अनिल गुरुङले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । उनले अफिज ओलावालेको क्रसमा दायाँ साईडबाट फष्र्ट बार च्यापेर हानेको बलले जाली चुम्यो ।

पहिलो हाफ २/० ले पछि परेको धरानले पहिलो दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि कमब्याक गर्न सकेन । ६० औं मिनेटमा अनिलले व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता तेब्बर बनाए ।

डिफेन्डर रोहित चन्दको पासमा दायाँ साईडबाट फष्र्ट बार च्यापेर हानेको हेडर बल गोलमा परिणत भयो । खेलको ६२ औं मिनेटमा सुजलले पनि दोश्रो गोल गर्दै खेल ४/० मा पुर्‍याए । अनिल गुरुङले किपरलाई छलेर दिएको पासलाई पोष्टको दिशा दिएका हुन् ।

३ गोल खाएर निराश धरानले ७३ औं मिनेटमा सान्त्वना गोल गर्‍यो । सब्ष्टीच्यूट खेलाडी वर्तमान राईले डि-एरियामा रहेका निशान लिम्बुलाई दिएको क्रस बल उनले ब्याकपास दिएपछि दीपक राईले गोल गर्दै गोल अन्तर ४/१ मा झारे ।

मनाङले थप केही गोल गर्ने अवसर खेर फाले । मनाङका विक्रम लामाले २० औं मिनेटमा गरेको कडा प्रहारमा बिपक्षी गोलकिपर पूर्ण चेम्जोङ बाधक बने । ६२ औं मिनेटमा अनिलको एक्रोब्याट खेर गयो । ओलावालेको क्रसमा डि एरियामा रहेका अनिलले गरेको प्रहार क्रसबार भन्दा थोरै माथिबाट बाहिरियो ।

धरानले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । ३१ औं मिनेटमा बिजय धिमालको क्रसमा निशान लिम्बुको प्रहार सेकेण्डबार हुँदै बाहिरियो । ७४ औं मिनेटमा बिजय धिमालको कडा प्रहार बिपक्षी किपरले पञ्च गरेर मुश्किलले बचाए । निर्धारित ९० मिनेटपछिको अतिरिक्त दोश्रो मिनेटमा दीपक राईको प्रहार क्रस बार भन्दा थोरै माथीबाट बाहिरियो ।

आइतबारको खेलमा मनाङका लागि २ गोल र एक गोल मिलाई दिने सुजल श्रेष्ठ म्यान अफ दी म्याच भए ।

बिजयी टिमका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफ्ना खेलाडीले पाएको अवसर सदुपयोग गर्दा जित निस्केको बताए । उनले आफ्नो रणनीतिअनुसार नै खेलाडीले खेल खेल्दा सहज जीत हात पारेको भन्दै खुशी व्यक्त गरे ।

पराजित टिमका प्रशिक्षक सुबास केसीले मनाङजस्तो बलियो टोलीसँग खोजेर ल्याएको खेलाडी खेलाउनु पर्दा पराजित हुनुपरेको बताए । उनले आफ्ना खेलाडी घाइते भएको तथा शुरुमै बिपक्षीले दुई गोल गर्दा खेलाडी आत्तिएर तालमेल बिगि्रँदा थप गोल खान पुगेको बताए ।

प्रतियोगिता अन्तर्गत सोमबार त्रिभूवन आर्मी र झापा ११ प्रतिष्पर्धामा उत्रिनेछन् । आर्मी बाई पाएर सिधै क्वाटरफाइनलमा आएको हो भने झापा ११ अमेरीकन टिम एएनए युएसएलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

फोटोः उमेश पुन

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget