Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु



काठमाडौँ, माघ ६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ । पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गोरखाका भूकम्पपीडितले दोस्रो किस्ताको रकम प्राप्त गर्न थालेका छन् । पहिलो किस्ताबाट तोकिएको मापदण्ड पूरा गरेर निजी आवास निर्माण सुरु गरेका ४१ भूकम्पपीडितले बुधबार सेभ द चिल्ड्रेनको सहयोगमा दोेस्रो किस्ताको रकम प्राप्त गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो । बिहीबार थप ३० परिवारलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ ।
त्यस्तै सिन्धुलीबाट ७३ र मकवानपुरबाट दुई सय पीडितले पहिलो किस्ताको रकमबाट घरको आधार तयार गरिसकेको सिफारिस आएकाले छिट्टै दोस्रो किस्ताको रकम वितरण गरिने पनि प्राधिकरणले बताएको छ । यसैबीच भक्तपुर जिल्लाका नौ हजार लाभग्राहीको खातामा पनि पहिलो किस्ताको रकम बिहीबार जम्मा हुने उहाँले बताउनुभयो । भक्तपुर जिल्लामा हालसम्म पहिलो किस्ताको रकम वितरण हुन सकेको थिएन । प्राधिकरणको तथ्याङ्क अनुसार भक्तपुरमा रकम भुक्तानीका लागि सिफारिस भएका १८ हजार ९८४ लाभग्राही छन्
आवास निर्माणका लागि आवश्यक दक्ष डकर्मी उपलब्ध गराउन प्राधिकरणले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत माघ २५ गतेदेखि धादिङ, नुवाकोट र गोरखा जिल्लामा सातदिने कालिगढ तालिम सञ्चालनको तयारी गरेको छ ।
त्यस्तै माघ १८ गतेभित्रै हेल्भेटासको सौजन्यमा रसुवा, ओखलढुङ्गा मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्लामा गरी छ हजार पाँच सय डकर्मी र एक हजार सिकर्मीको तालिम सुरु गरेर निजी आवास निर्माणमा सहयोग पु¥याउने डा. भुसालले जानकारी दिनुभयो ।
अबको दुई महिनाभित्र नै पहिलो किस्ता रकम बुझेका मध्ये करिब ३० प्रतिशतले दोस्रो किस्ताको रकम माग गर्ने अनुमान रहेको भन्दै प्राधिकरणले करिब २८ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको प्राधिकरणले बताएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget