काठमाडौं, पुष २२ गते। माछापुच्छ्रे बैक लिमिटेडको अठारौं वाषिर्क साधारणसभा पोखरामा भएको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोको सभापतित्वमा कार्यक्रम भएको हो ।
साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बाषिर्क प्रतिबेदन पारित गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत बोनस सेयर -कर प्रयोजनका लागी १.०९ प्रतिशत नगद लाभांशसहित) तथा तत्पश्चात कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुकोे तर्फबाट राममान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्वप्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको बैकको चुक्ता पूँजी हाल जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात ५ अर्ब ७९ करोड, १८औं वाषिर्क साधारण सभाबाट पारित बोनस सेयर जारी भए पश्चात ६ अर्ब ५९ करोड र सोही वाषिर्क साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात ७ अर्ब ३९ करोड रुपैयाँ कायम हुनेछ ।-अनलाइनखबर
Post a Comment