Websoft University

www.radiomakalu.com || 021-522512


तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

सरकारले तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौँ, पुस २३ गते । सरकारले गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछाम जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही दिनअघि मात्र ती जिल्लामा बसोबास गर्ने पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

केन्द्रीय पञ्जीकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले आम्दानी नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक रु छ सय दिन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला तीन जिल्लालाई पोषण भत्तास्वरुप रकम दिन्छौँ, कति आवश्यक पर्छ हेरेर अरु जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजान्छौँ ।” यसअघि विभागले दलित र कर्णाली अञ्चलका पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो ।

स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले सुरुमा तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा दिनका लागि रु २० करोड रकम विनियोजन गरेको छ । आव २०७३÷०७४ का लागि सामाजिक सुरक्षा भत्ताबापत सरकारले रु ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार छुट्याएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget