Websoft University

www.radiomakalu.com || 021-522512


चन्द्रागिरीबाट राजधानीमा इन्टरपोलको ‘निगरानी’ (फोटोफिचर)





विश्वभरका प्रहरीहरुको छाता संगठन इन्टरपोलको २३औ एशिया क्षेत्रीय सम्मेलनमा भाग लिन काठमाडौँमा आएका ३३ देशका प्रतिनिधिहरु मध्ये २२ देशका प्रतिनिधिहरुले चन्द्रागिरीको केवलकार चढेर उपत्यकाको दृश्यावलोकन गरेका छन् ।

शुक्रबार उनीहरु चन्द्रागिरीको डाँडा पुगेका थिए । इन्टरपोलका प्रतिनिधिहरुको लागि चन्द्रागिरी कम्पनिले निशुल्क केवलकारमा चढ्ने व्यवस्था गरेको थियो ।


केबलकारका प्रतिनिधि राजु पौडेलले भने इन्टरपोलका प्रतिनिधिहरुलाई केवलकार चढाउन पाउँदा खुसी व्यक्त गरे । ‘यसले अन्र्तराष्ट्रिय रुपमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुने मौका पनि मिलेको छ,’ उनले भने ।

करिब करिब ४५ जना प्रतिनिधिहरुले केबलकार चढेर चन्द्रागिरीको भ्यूटावरबाट सगरमाथा र अन्य हिमालहरु हेरेर खुशी भएको बताए ।


भ्यूटावरबाट सगरमाथा देखि अन्य हिमालहरु हेदै प्रतिनिधिहरु दंग देखिन्थे ।



तस्विरहरु : कृष्ण खड्का

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget