Websoft University

www.radiomakalu.com || 021-522512


रियल मड्रिडको सहज जित, ४ अंकको अग्रता




 स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ र, चार अंकको प्रष्ट अग्रता लिएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-० गोल अन्तरले हराएको हो । त्यसअघि भएको खेलमा बार्सिलोना रियल बेटिसँग १-१ को बराबरीमा रोकिएको थियो, जसको फाइदा रियललाई भएको छ ।

घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले ३८ औं मिनेटमा कोभासिसको गोलबाट अग्रता लिएको थियो । ५१ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दाेब्बर पारे ।

७४ औं मिनेटमा इनिगो मार्टिनेजले रातो कार्ड खाएपछि सोसिडाड १० खेलाडीमा सिमित हुन पुग्यो । खेलको ८२ औं मिनेटमा मोराटाले गोल गर्दै मड्रिडलाई ३-० गोल अन्तरको जित दिलाए ।

जितपछि लिग लिडर रियल मड्रिडको १९ खेलबाट ४६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २० खेलबाट ४२ अंक छ । रियलले एक खेल कम खेलेकाले त्यो खेल पनि जितेमा ७ अंकको प्रष्ट अग्रता हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget