Websoft University

www.radiomakalu.com || 021-522512


सरकारलाई दबाव दिन जनप्रदर्शन गर्ने मधेसी मोर्चाको निर्णय



काठमाडौं,माघ १५ गते । संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाव दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको रामसपाका महासचिव केशव झाले बताए ।
बैठकपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले आफूहरुसँग भएको सहमति अनुसार आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको झट्टा मुद्धा फिर्ता नलिएकाले दबाव दिन विरोध प्रर्दशन गर्न लागिएको बताइ ।
मधेसी मोर्चाको बैठकले स्थानीय तह पुनसंरचन आयोगले मोर्चाको सहमति विपरित स्थानिय तहको सीमा निर्धारण गरेर दिएको प्रतिवेदन मान्न नसक्ने ठहर गरेको छ । साथै आयोगको प्रतिवेदन खारेज गरेर आफूहरुको माग अनुसार स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने समेत माग अघि सारेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget