Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधनले मधेसको भावनाको कदर हु्न्छ – देउवा



नेपालगन्ज, माघ ११ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गर्नुभयो ।

निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो भन्नुभयो ।

काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन् भन्नुभयो । जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget