Websoft University

www.radiomakalu.com || 021-522512


२२ जिल्लामा अल्लो प्रशोधन मेसिन जडान गर्दै उद्योग मन्त्रालय



Allo Kapada
उद्योग मन्त्रालयले स्थानिय क्षेत्रमै अल्लो प्रशोधन गर्न २२ जिल्लामा मेसिन जडान गर्ने भएको छ । अल्लो प्रशोधन जडान गर्ने ११ जिल्लाको टुङ्गो लगाइसकेको छ भने ११ जिल्ला छनौटका क्रममा छन् ।

मन्त्रालयका अनुसार डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा, पर्वत, दाङ, रोल्पा, सोलुखुम्बु, संखुवासभा र सुर्खेतमा अल्लो प्रशोधन मेसीन जडान गर्न लागिएको छ ।

यस्तो मेसिन एउटाको ९ लाख पर्छ । यसअघि ३० लाख खर्च लाग्ने बताइएको थियो ।

नेपाली इन्जिनियरहरुले नै अल्ल्ाो प्रशोधन मेसिन बनाएकाले लागत खर्च ९ लाखमा झरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नगेन्द्रराज जोशीले भने, ‘नेपाली इन्जिनियरहरुले नै अल्लो प्रशोधन मेसिन बनाएका छन्, जसका कारण हामीले ९ लाखको हाराहारीमा मेसीन जडान गर्ने भएका छौं ।’

अल्लोबाट उत्पादित कपडा तथा धागोका साथै गलैंचा विदेशमा निर्यात हुँदै आएको छ ।

लघु उद्यम विकास कार्यक्रमका प्रमुख डा. लक्ष्मण पुनका अनुसार अल्लोबाट उत्पादित कपडाहरु अमेरिका, जर्मनी, बेल्जीयम, जापान, अष्ट्रेलिया र स्वीजरल्याडमा निर्यात हुने गरेको छ । पुन भन्छन् ‘प्रयोग नगरेपनि अल्लो कहिएर जान्छ । त्यसैले यसलाई बाताबरणलाई कुनै नराम्रा गर्दैन, जति काट्यो त्यती फैलिन्छ त्यसैले अब हामीले यसबाट निर्मीत कपडाको निर्यात बढाउन पर्छ ।’

सुरुमा सरकार आफैंले यो मेसीन जडान गरिदिनेछ र समुदायलाई हस्तान्तरण गर्ने योजना छ । साथै सरकारले २२ जिल्लामा विभिन्न महिलाहरुलाई अल्लो प्रशोधन सम्बन्धी सिपमुलुक तथा उद्यमशील तालिम दिने भएको छ ।

अल्लो प्रबर्धन गर्नका लागि सरकारले अल्लो दिवस मनाउने तयारी गरेको मन्त्री जोशीले जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget