Websoft University

www.radiomakalu.com || 021-522512


चीसोबाट बच्न पिउनुहोस् यी ५ चिज


tea-coffee
चिसो मौसममा ठण्डीबाट बच्नका लागि हामी न्यानो कपडा लगाउछौँ । साथै तातो तातो खानेकुरा खाने गर्छौँ । यस्ता केही तातो पेय पदार्थहरु हुन्छन् जसको नियमित सेवनले चिसोबाट जोगाउँछन् । चिसो याममा धेरै क्यालोरी तथा उर्जायुक्त तातो पेय पदार्थहरु पिउनु आवश्यक हुन्छ । जो निम्नानुसार छन्ः

अदुवायुक्त चियाः चिसो याममा अदुवा हालेको चिया पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले रुघा, खोकी, टाउको दुख्ने जस्ता समस्याबाट जोगाउन सहयोग गर्दछ । साथै चिसोका कारण हुने एलर्जी तथा स्वासप्रस्वासजन्य समस्याबाट बचाउन पनि लाभदायी हुन्छ । अदुवा चियामा तुलसीका पात समेत मिसाएमा झनै फाइदा पुग्दछ ।

ब्ल्याक टीः मुटु सम्बन्धी समस्या रहेका मानिसहरुका लागि कालो चिया निकै प्रभावकारी हुन्छ । यसमा पाइने फ्लाभिनोइड्स एलडीएलले कोलेस्ट्रोललाई कम गर्दछ । साथै मुटुका धमनीहरु स्वस्थ राख्न पनि सहयोग गर्दछ । साथै तनाव कम गर्न र स्मरण क्षमता बढाउनका लागि पनि यसले सहयोग गर्दछ ।

दालचिनी चिया ः चिसो मौसममा चियामा दालचिनी मिसाएर पिउनु निकै लाभदायक हुन्छ । दालचिनी चियाले सरीरमा जम्मा भएको अतिरिक्त फ्याटलाई कम गर्दछ । साथै सरीरको अधिक क्यालोरी दहन हुने र सरीरको उपापचयन बढ्ने भई सरीर स्वस्थ राख्न सहयोग पुग्दछ ।

कफीः ठण्डी मौसममा कफीको सेवनले उर्जा प्रदान गर्दछ । यसले टाइप टू मधुमेह, पार्किन्सन्स रोग, कलेजोको रोग लगायतबाट जोगाउन सहयोग गर्दछ । साथै यो मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

ग्रीन टीः चिसो याममा ग्रीन टी एक इनर्जी डि्रंक नै मानिन्छ । यसले सरीरलाई उर्जा प्रदान गर्दछ र रोगबाट लड्ने शक्ति प्रदान गर्दछ । ग्रीन टी मा एन्टी अक्सिडेन्ट तथा थियामाइन हुन्छ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । दिनमा २/३ कप ग्रीन टी पिउनु आवश्यक हुन्छ ।

एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget