Websoft University

www.radiomakalu.com || 021-522512


सुन्तला र अंगुर एकैपटक खानुहोस्, मधुमेह हटाउनुहोस्



सुन्तला र अंगुर निकै स्वादिष्ट र लोकप्रिय फल हुन् जो अनेकौं विशेषताका लागि परिचित छन् । थुप्रै वैज्ञानिक अनुसन्धानले दाबी गरे अनुसार यी फलमा यस्ता केही तत्व पाइन्छन् जसले तपाईंको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सहयोग गर्दछ ।

सुन्तला र अंगुरले स्वास्थ्यमा पुर्याउने फाइदाः

सुन्तलाको रसमा भिटामिन सी, विभिन्न खनिज र एन्टिअक्सिडेन्ट भरपूर मात्रामा हुन्छ । सूर्यको किरणले छालामा पुर्याउने हानिकारक प्रभावलाई कम गर्नमा यो सहयोगी साबित हुनुका साथै छालालाई चाउरी पर्नबाट पनि जोगाउँछ । अंगुरको रसले मांसपेशीहरुमा कमजोरीको समस्या टाढा राख्न सहयोग गर्दछ । मृगौला, फोक्सो र रगतबाट विषाक्त पदार्थ हटाउनसमेत यो सहयोगी साबित हुन्छ । यसले शरिरमा नराम्रो कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्दछ ।

यी फलमा ट्रान्स–रेस्वेराट्रोल र हेस्प्रिनको मात्रा अत्यधिक हुन्छ जसले चीनीबाट उत्पन्न हुने मेथिलग्लाइक्सललाई सन्तुलनमा राख्न सहयोग गर्दछ । यदि कुनै व्यक्तिको शरिरमा मेथिलग्लाइक्सलको मात्रा धेरै छ र खानामा पनि चिल्लोको मात्रा अत्यधिक हुन्छ भने त्यस्ता व्यक्तिलाई टाइप टु डायबिटीज हुने खतरा हुन्छ । मेथिलग्लाइक्सलको मात्रा अत्यधिक हुँदा रक्त कोषिकामा क्षती पुग्ने खतरा हुन्छ जो कार्डियोभास्कुलर सिस्टमलाई पनि प्रभावित गर्न सक्दछ ।

शोधकर्ताहरुले केही व्यक्तिको समूहमा यो तरिकालाई अपनाए र नतिजा उनीहरुको पक्षमा रह्यो । दैनिक यी दुई फललाई यदि नियमित र सन्तुलित आहारसँग गरिए केही दिनमा नै मधुमेह, रक्तचाप, मुटुरोग र मोटोपनाबाट बिस्तारै छुटकार पाइन्छ ।

यस्तै, अंगुरको रस यदि बिहानको नास्तामा समावेश गरे यसले ‘मूड–स्विङ’को समस्याबाट हटाउन सहयोग गर्दछ । दैनिक बिहान १ ग्लास अंगुरको रस पिउनुहोस् र राम्रो मुडसँग दिनको सुरुवात गर्नुहोस् । साथै अंगुरको रसले तपाईंलाई दिनभरी स्फुर्त राख्दछ । यदि तपाईंको नङ बेरङ्गी छ भने १० मिनेटसम्म अंगुरको बोक्रालाई नङमा मोल्नुहोस् र यसको असर देख्नुहोस्, तपाईंको नङ चम्किलो र स्वस्थ रहनेछ ।

यस्तै सुन्तलाको बोक्रा पनि रुखो छालालाई नरम बनाउन सहयोगी हुन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिस्नुहोस् र यसको पेस्ट अनुहारमा लगाउनुहोस् । यसो गर्दा तपाईंको ‘डेड स्किन’ निस्कनेछ र तपाईंको छाला चम्किलो, नरम र स्वस्थ देखिन्छ ।

यी दुई फल सँगै खाँदा मधुमेहका साथै मुटु रोगीका लागि पनि फाइदाजनक हुन्छ । यसको खोजीमा डाक्टरहरु पनि गर्व गर्छन् किनभने यसले मानिसहरु मधुमेह मुक्त स्वस्थ मुटुसँगै जीवनयापन गर्न सधाउँछ ।-ओन्ली माई हेल्थ

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget