Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पले आफ्नै ज्वाईंको सल्लाहमा पूरा अमेरिका हाँक्ने





अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ प्रशासनमा आफ्ना ज्वाईं जेरेड कुशनरलाई ह्वाई हाउसका वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त गर्ने बीबीसीले बताएको छ ।

३५ वर्षीय कुशनरको विवाह ट्रम्पकी छोरी इभांकासँग भएको छ र उनले राष्ट्रपति चुनावको अभियानका लागि पुंजी संकलन गर्ने रणनीति बनाएर निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कुशनरको भूमिका घरेलु र विदेशी नीतिसँग जोडिने अनुमान गरिएको छ जसमा मध्य पूर्वमा व्यवसाय सम्बन्धि सम्झौता पनि संलग्न हुनेछ । यो नियुक्तिका लागि सिनेटको स्विकृत आवश्यक छैन ।

यद्यपी, जानकारहरुले यो नियुक्ती देशको एन्टी– नेपोटिजम अर्थात् भाइ–भतिजावाद कानूनको उल्लंघन होइन र भन्ने प्रश्न गरेका छन् । यो कानून अनुसार कोही पनि सरकारी अधिकारीले आफ्ना नातेदारलाई सरकारी नियुक्ती दिन सक्दैन ।

ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारको रुपमा कुशनरले कुनै तलब नलिने र आफ्नो व्यवसायिक हितबाट टाढा रहि निर्णय लिने बताइएको छ ।

आफ्ना ससूराजस्तै कुशनर पनि एक रियल स्टेट व्यवसायी हुन् ।-बीबीसी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget