विराटनगरको नमस्कार होटलमा शनिबार ए–वान इन्टरटेनटमेन्टले म्याजीक मिस पूर्वेली सुपर मोडल छैठौं सस्करणको पहिलो अडिसन सुरु गरेको हो ।
छैठौ संस्करणको पहिलो अडिसन विराटनगर पछी अब आउने शुक्रबार पुर्वको विर्तामोड शनिबार बांकी रहेकालाई पुन विराटनगरमा नै दोस्रो अडिसन गरिने चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । प्रतियोगिताको फाईनल भने आगामी फागुन १४ गते विराटनगरमा सम्पन्न हुने उनले बताए ।
पुर्वी जिल्ल्लामा रहेका १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित किशोरीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको बिजेताले स्कुटर , फस्ट रनरअफ र सेकेन्ड रनर अफले स्मार्ट मोबाईल प्राप्त गर्नेछन् । साथै मिस पूर्वेली सुपर मोडल विजेताले मिस नेपालमा स्वत सहभागी हुन पाउने आयोजकले दावी गरेको छ ।
साथै प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालिम प्रदान गरिने कोरियोग्राफर सुम्नीमा खापुङ लिम्बुले जानकारी दिइन् । ए–वान इन्टरटेण्डमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौर्दय प्रतियोगीता गराउदै आएको छ ।
तस्वीर सौजन्य ः प्रेम देवान
Post a Comment