Websoft University

www.radiomakalu.com || 021-522512


धनकुटा भेडेटार सडक खण्ड पहिरोको उच्च जोखिममा



सुनसरी, मङ्सिर ८ गते  । धनकुटा सडकखण्ड अन्तर्गतको धरान उपमहानगरपालिका २० मा पर्ने निसाने खोलाको पहिलो घुम्तीमा पहिरो गएकाले सडक अवरुद्ध हुन सक्ने गम्भीर खतरा उत्पन्न भएको छ ।

गएको असोज तेस्रो सातातिर अविरल परेको बर्षाले सडकदेखि निशाने खोला किनारसम्म ५ सय मिटर तलसम्म ठूलो पहिरो गएपछि त्यो सडकखण्ड गम्भीर जोखिममा पर्न गएको हो ।

धरान उत्तरको भेडेटार दक्षिणको पहाडी खण्डको त्यो निशाने खोलाको पहिलो टर्निङ्गमा सय मिटर लामो क्षेत्र पहिरो गएर पक्की सडकको आधा भाग चिरा परेर गएकाले त्यहाँ जोखिम लेखेर बोर्ड राखी ड्रम राखेर साँघुरो सडकमात्र खुल्ला गरिएको छ ।
यति ठूलो गम्भीर अवस्थामा सडकमा पहिरो गएपछि अहिलेसम्म सडकमा देखिएको जोखिमका विषयमा सरोकारवाला निकायको ध्यान नगएको संयुक्त परिवहन ब्यवसायी समितिका पदाधिकारीहरुले गुनासो गरेका छन् ।
समितिका अध्यक्ष जीवी खड्काले धरानबाट पहाडी जिल्लाहरु संखुवासभा धनकुटा तेह्रथुम भोजपुर लगायतका क्षेत्रमा सवारी सञ्चालन हुने उक्त सडकमा अहिले पनि धेरै लोड बोक्न सक्ने क्षमताका सवारी साधन निर्वाध चलिरहेकाले त्यहाँ कुनै पनि बेला गम्भीर दुर्घट्ना हुने खतरा रहेको बताए ।
सडकको त्यो हालतका विषयमा ओहोर दोहोर गर्ने सवारी साधनका चालकहरुले बारम्वार गुनासो गरेर गम्भीर प्रकृतिका घट्ना हुन नदिनका लागि आग्रह गरिरहेकाले आफुहरुले यो विषयलाई गम्भीर चासो दिँदै आएको पनि अध्यक्ष जीवी खड्काले जानकारी दिए । उनले यो सडकको दुरावस्थाका विषयमा भने सुरक्षा निकाय र सम्वन्धित सरोकारवाला निकायले ध्यान नदिएको गुनासो गरेका छन् ।

संयुक्त परिवहन ब्यवसायी समितिका कार्यालय प्रमुख टेकबहादुर श्रेष्ठले बाटोमा आएको गम्भीर प्रकृतिको पहिरोले सडक नै लैजाने र माथिल्लो डाँडो समेत भत्कन सक्ने अवस्था देखिएकाले तत्काल १०–१२ चक्के सवारी साधन चल्नमा रोक लगाउन जरुरी भएको बताए ।
पूर्वी पहाडी क्षेत्रमा सवारी साधन चल्ने एकमात्र सडकमा आएको पहिरो र त्यसलाई आपतकालिन रोकथामका लागि पनि करोडौ लाग्ने अवस्था रहेकाले सवारी साधन अवरुद्ध हुन नदिनका लागि तत्कालै सडक विभाग वा सरकारले यस विषयमा आपतकालिन रुपमा ध्यान केन्द्रित हुन जरुरी रहेको पनि कार्यालय प्रमुख श्रेष्ठको विश्लेषण रहेको छ ।
सडक पुरै चिरिएर निसाने खोलामा झर्न सक्ने अवस्था रहेकाले केही दिनदेखि उक्त क्षेत्रमा एकतर्फी सवारी साधन चलिरहेको र धेरै भार क्षमताका सवारीका कारणले जुनसुकै बेला त्यो चिरिएको पक्की सडक झर्ने खतरा रहेकोे छ ।- मनोज भुजेल, रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget