Websoft University

www.radiomakalu.com || 021-522512


दुई महिनापछि लाइसेन्स खुल्दा यातायात कार्यालयमा भीड, फाराम भर्न अघिल्लो रातबाटै लाममा



 सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए ।


बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उनी फर्कन बाध्य भए ।

बुधबार बाग्मती यातायात व्यवस्था कार्यालयमा नै भेटिएका मकवानपुरका विकास चम्रेल भने फाराम भर्न पाएकामा दङ्ग थिए । उनी राति ३ बजे नै एकान्तकुना पुगेका थिए । आफू पुग्दा राति ९-१० बजेदेखि बसेकाहरु भेटिएको चम्रेलले बताए ।

कार्यालयले दुई महिनापछि बुधबारबाट चालक अनुमतिपत्रका लागि आवेदन फाराम लिन थालेको हो । लामो समयदेखि बन्द रहेको र अन्य अञ्चल कार्यालयले सेवा नदिएका कारण कार्यालयमा फाराम भर्नेको भीड लागेको छ । बुधबार मात्रै झन्डै चार हजार सेवाग्राही आइपुगेको कार्यालयमा कार्यरत कर्मचारीले बताएका छन् । एक दिनमा चारपाङ्ग्रे हलुका सवारी साधनको २०० र मोटरसाइकल ५०० गरेर कार्यालयले जम्मा ७०० को फारम लिने गरेको छ ।

रामशाहपथस्थित नेसनल ट्रेडिङ सेन्टरमा सवारी जाँच हुने गरेकामा चाडपर्वका समय नेसनल ट्रेडिङले स्थान उपलब्ध नगराएका कारण दुई महिनासम्म सेवा दिन नसकिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । फाराम भर्ने समयमा सधैँ भीड हुने भए पनि दुई महिनासम्म सेवा ठप्प हुँदा भीड धेरै गुणा बढेको छ । उनी भन्छन्, ‘सामान्य हुन अझै केही समय लाग्न सक्छ ।’

लामो समयपछि चालक अनुमतिपत्र खुलेकाले प्रमुख यादव मङ्गलबार राति झन्डै ८ः३० बजेसम्म कार्यालयमा भोलिपल्टको तयारीका लागि बसेका थिए । बिहान आफू ६ः३० बजे पुग्दा नै धेरै सेवाग्राही आइसकेका थिए भन्दै उनले सेवाग्राही धेरै भए पनि कार्यालयले क्षमताअनुसार मात्रै सेवा दिन सक्ने बताए ।

रातिबाट नै लाम लाग्न आएकालाई प्रहरीले हटाएको थियो । फाराम भर्न नपाएकाहरुले प्रवेशद्वार, पर्खाललगायतका स्थान तोडफोडसमेत गरेका छन् ।

कार्यालयले मोटरसाइकलको फाराम सङ्कलन सोमबारदेखि शुक्रबारसम्म गर्दै आएको छ । प्रत्येक दिन ५०० सेवाग्राहीले फाराम भर्न सक्छन् । हलुका सवारी साधनका लागि भने २०० जनाले फाराम भर्न पाउने व्यवस्था छ । आइतबार भारी सवारी साधन र स्कुटरका लागि चालक अनुमति पत्रको फाराम लिने गरिएको छ ।

भारी सवारी साधनका दलागि भने एक सयजनाले मात्र फाराम भर्न सक्ने व्यवस्था छ । जुनसुकै सवारी साधनको चालकले फाराम भरेको एक दिनपछि लिखित र दुई दिनपछि ट्रायल दिन सक्छन् ।

यातायात व्यवस्था कार्यालय, ललितपुरमा अहिले नमुनाका रुपमा स्मार्ट चालक अनुमतिपत्र वितरण भइरहेको छ ।-सञ्चिता घिमिरे/रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget