भोजपुर,मंसिर १० गते । पूर्वजलस्रोत मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुर बजारका अग्नि पीडितलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सहयोग रकम उपलब्ध गराएका हुन् । उनले जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सहयोग रकम हस्तान्तरण गरे ।सो अवसरमा नेता कार्कीले आगलागीबाट घरबार गुमाएकालाई आत्मनिर्भर बनाउने काममा सहयोग गर्ने घोषणा पनि गरे ।
यही मंसिर ५ गते भोजपुरमा सदरमुकाममा आगलागी हुँदा ८ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका थिए भने एउटा घरमा आंशिक क्षति भएको थियो । आगलागीबाट १० करोड मूल्य बराबरको क्षति भएको अनुमान छ ।-अनलाइनखबर

Post a Comment