राप्रपाको हिन्दू राज्य कम्युनिस्टहरुको साम्यवाद जस्तै 'अन्तिम लक्ष्य'
काठमाडौं,मंसिर ५ गते । प्रधानमन्त्री प्रचण्डले संविधान संसोधनमा एमाले सहमत नभए आफूसँग अर्को फूर्मला पनि रहेको संकेत गर्नु र यसैबीचमा एक्कासी राप्रपा नेपाल र राप्रपाबीच नाटकीय रुपमा एकीकरण हुन लाग्नु संयोगमात्र होइन ।
संसदमा एमाले बाहेक पनि दुई तिहाई बहुमत जुटाउन दुई राप्रपाको एकीकरणले सत्ता गठबन्धनलाई सहजमात्र बनाउने छैन, मुलुकको भावी राजनीतिक दिशालाई पनि सामान्य फेरबदल गर्न सक्छ ।
संसदमा गणित यस्तो हुनेछ
संसदमा अब दुई राप्रपाको शक्ति ३७ सिटको हुनेछ । ५९५ सदस्यीय व्यवस्थापिका संसदमा ३७ सिट कुनै ठूला संख्या होइन तर दुई तिहाईको गणितमाले यसले रणनीतिक अर्थ राख्छ ।
आकारको हिसाबले राप्रपा एकीकरणपछि पनि चौथो दल नै हुने हो तर संविधान संसोधनको सन्दर्भमा यो एकीकरणको अर्थ रहेको राप्रपा अध्यक्ष पशुपति समसेर जबराले बताए ।
यसबाट एमाले बाहेकको दुई तिहाई पुर्याउने र संविधान संसोधनमा एमालेलाई बाध्य पार्ने प्रचण्डको फर्मूला काम लाग्न सक्ने आशा सत्ता गठबन्धनको हुन सक्छ । तर राणाले भने एमालेलाई एक्ल्याएर मुलुकले निकास नपाउने बताए ।
संसदमा एमालेको १८२ सिट छ । एमालेलाई पछिल्लो समय साना बामपन्थी नेकपा माले,नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको मात्र साथ छ । त्यस्तै दुई सिट रहेको जनमुक्ति र एक सिट रहेको मधेश समता पार्टीको समेत संख्या जोड्दा एमाले गठबन्धनको जम्मा संख्या १९७ हुन्छ ।
जुन शक्तिले भाँड्यो, त्यहि शक्तिले मिलायो
संविधान संसोधनका लागि आवश्यक ३९६ संख्या राप्रपा एकीकरणपछि सत्ता गठबन्धनसँग सुरक्षित हुने आँकलन छ । हिजो पार्टी एकीकरण गर्दा कमल थापा हावी भएर ३७ सिट एमाले गठबन्धनमा पुग्ने डरले अदृष्य शक्तिले राणालाई एकीकरणबाट ब्याक गरेको टिप्पणी राप्रपाकै नेताहरुले गर्ने गरेका छन् ।
 राप्रपाको शीर्ष तहका एक नेताका अनुसार प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै दुई पार्टीको एकता जुन शक्तिले रातारात भाँडेको थियो, त्यहि शक्तिले संविधान संसोधनको सन्दर्भमा रातारात एकीकरण गराइदिएको हो ।

नाम उल्लेख गर्न नचाहने ती नेताले भने, ‘अब एकीकरणको अध्याय सकियो भन्ने कमल थापाल तीन महिना पनि टिक्न नसक्नु रहस्यमय छ । अहिलेको एकीकरण भनेको एमाले बाहेक नै दुई तिहाई पुर्याउने प्रयोजनका लागि मात्र हो । यसबारे राप्रपा नेपालभित्र अन्तरबिरोध रहे पनि कमल थापाको सामुन्ने कोही टिक्न सकेनन् ।’
राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठ भने तत्काल पार्टी एकीकरण बाहेक अन्य विषय नसोचिएको बताउछन् । राप्रपा नेपालको आइतवार बसेको अन्तिम केन्द्रीय समिति बैठकमा समेत रातारात कुन शक्तिले एकीकरण गराएको हो भन्ने प्रश्न कतिपय सदस्यले उठाएका छन् ।
कमल थापा सरकारमा जाने ?
राप्रपा केन्द्रीय सदस्य राजेश गिरीले भने पार्टी एकीकरण परिस्थितिको आवश्यकता भएकाले अब वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियान शुरु हुने दावी गरे । उनले राप्रपाको शक्ति संसदमा बढेसँगै सरकारमा पनि सोही हैसियतमा दावी हुने बताए ।
पार्टी एकीकरणपछि अहिले विपक्षमा रहेका कमल थापा सहित २४ सांसद सत्तापक्षको लहरमा बस्नेछन् । संसदीय दलको नेता थापा नै हुनेछन् । संयुक्त संसदीय दलको बैठकले अन्य पदाधिकारी चयन गर्नेछ ।
कमल थापा सत्तारुढ दलको नेता भएपछि उनको लागि उपप्रधानमन्त्री सहितको थप मन्त्रालय दावी गर्ने तयारी रहेको उच्च स्रोतले जनाएको छ । संविधान संसोधनको सन्दर्भमा दुई तिहाई पुर्याउन निणर्ायक बन्न लागेका थापाको लागि सरकारमा स्थान के हुने भन्ने चाहिँ प्रष्ट भइसकेको छैन ।
कमल थापालाई बुझेका उनका सहयोगी नेताहरु कुनै न कुनै सहमति नभई एकीकरणको टुंगो लागेको विश्वास गर्न सकिरहेका छैनन् । के त्यसो भए कमल थापा सरकारमा जान्छन् ? ती नेताले भने, ‘जसले एकीकरण गराए तीनले यसबारेमा पनि टुंगो लाएका होलान् ।’
यस्तो हुनेछ एकीकृत पार्टीको नेतृत्व
एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र दुईजना अध्यक्ष हुने अन्तरिम बिधान पारित भइसकेको छ । अब सोमवारदेखि पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी अध्यक्ष हुनेछन् ।

राष्ट्रिय अध्यक्षले पार्टीको निर्देशक समितिको अध्यक्षता गर्ने र त्यो समितिले राजनीतिक नियुक्ति लगायतका निर्णय गनर्ेे सहमति भएको छ । पार्टी अध्यक्ष कमल थापा अघोषित रुपमा कार्यकारी भूमिकामा रहनेछन् ।
दुवै पार्टीका डेढ डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीन सय सदस्यीय केन्द्रीय समिति बन्ने भएको छ । दुवै पार्टीका हालका पदाधिकारी यथावत जिम्मेवारीमा रहने राप्रपाका सहप्रवक्ता किरण गिरी बताए ।
उनका अनुसार पार्टीमा दुई अध्यक्षसहित ५ जना शीर्ष नेताको नेतृत्व लियर हुनेछ । जसमा लोकेन्द्रवहादुर चन्द,विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी हुनेछन् । राप्रपाको आलोपालो नेतृत्व प्रणाली अनुसार माघ ११ पछि राष्ट्रिय अध्यक्ष पद राणाले लोहनीलाई हस्तान्तरण गर्नुपर्नेछ ।
हिन्दू राज्य साझा, राजतन्त्र ‘म्युट’
एकीकृत पार्टी राप्रपाको रणनीतिक उद्देश्य अब हिन्दू राज्य कायम गर्ने हुनेछ । तर यहि संविधान संसोधनको बहसमा हिन्दू राज्यमा समेत संसोधन हुनुपर्ने राप्रपा नेपालको पूर्ववत अडान भने ‘म्युट’ गरिएपछि कमल थापासँग अरु नेता रुष्ट छन् ।
दिलनाथ गिरी लगायतका नेताहरु संविधान संसोधनका सन्दर्भमा हिन्दूत्वको मुद्दा छाड्न नहुने पक्षमा छन् । तर कमल थापाले ब्याक गियर हानेपछि उनको गाडीमा रहेका अन्य यात्री निरीह बनेको टिप्पणी एक नेताले गरे ।
कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद भने जस्तै हिन्दू राज्य राप्रपाको कहिल्यै पूरा नहुने अन्तिम लक्ष्य हुने भयो भन्दै राप्रपा नेपालका नेताहरु व्यंग्य गर्न थालेका छन् । गणतन्त्र वा राजतन्त्रको बारेमा भने राप्रपा मौन बस्नेछ ।
राप्रपाले हिन्दू गणतन्त्र भन्दै आएको थियो भने राप्रपा नेपालले हिन्दू राजतन्त्र भन्ने गरेको थियो । एकीकरणसँगै गणतन्त्र वा राजतन्त्रको बारेमा मौन रहने सहमति भएको सहप्रवक्ता गिरीले बताए ।
पूर्व पञ्चको फुट र जुट श्रृंखला
२०४७ सालमा पञ्चायतकालिन नेताहरुको सहभागितामा गठन भएको राप्रपा एक वर्षभित्रै पहिलोपटक फुटेर राप्रपा थापा र चन्दका नाममा २०४८ सालको आम चुनावमा सहभागी भएको थियो ।
२०५१ को चुनावमा एकीकृत भएर चुनाव लडेपछि २० सिट सहित तत्कालिन प्रतिनिधिसभामा तेस्रो निर्णायक शक्ति बनेको राप्रपा सत्तालिप्साका कारण यसबीचमा करीव एक दर्जन पटक बिभाजन भइसकेको छ ।
राप्रपा र राप्रपा नेपालको एकीकरणपछि पनि केशरबहादुर विष्टको सानो समूह भने बाहिरै रहने भएको छ । तर कमल थापासँग फुटेर बसेको सगुन लावती समूह भने एकीकरणमा सामेल हुदैछ ।-मात्रिका पौडेल,अनलाइनखबर

काठमाडौं,मंसिर ५ गते । प्रधानमन्त्री प्रचण्डले संविधान संसोधनमा एमाले सहमत नभए आफूसँग अर्को फूर्मला पनि रहेको संकेत गर्नु र यसैबीचमा एक्कासी राप्रपा नेपाल र राप्रपाबीच नाटकीय रुपमा एकीकरण हुन लाग्नु संयोगमात्र होइन ।
संसदमा एमाले बाहेक पनि दुई तिहाई बहुमत जुटाउन दुई राप्रपाको एकीकरणले सत्ता गठबन्धनलाई सहजमात्र बनाउने छैन, मुलुकको भावी राजनीतिक दिशालाई पनि सामान्य फेरबदल गर्न सक्छ ।
संसदमा गणित यस्तो हुनेछ
संसदमा अब दुई राप्रपाको शक्ति ३७ सिटको हुनेछ । ५९५ सदस्यीय व्यवस्थापिका संसदमा ३७ सिट कुनै ठूला संख्या होइन तर दुई तिहाईको गणितमाले यसले रणनीतिक अर्थ राख्छ ।
आकारको हिसाबले राप्रपा एकीकरणपछि पनि चौथो दल नै हुने हो तर संविधान संसोधनको सन्दर्भमा यो एकीकरणको अर्थ रहेको राप्रपा अध्यक्ष पशुपति समसेर जबराले बताए ।
यसबाट एमाले बाहेकको दुई तिहाई पुर्याउने र संविधान संसोधनमा एमालेलाई बाध्य पार्ने प्रचण्डको फर्मूला काम लाग्न सक्ने आशा सत्ता गठबन्धनको हुन सक्छ । तर राणाले भने एमालेलाई एक्ल्याएर मुलुकले निकास नपाउने बताए ।
संसदमा एमालेको १८२ सिट छ । एमालेलाई पछिल्लो समय साना बामपन्थी नेकपा माले,नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको मात्र साथ छ । त्यस्तै दुई सिट रहेको जनमुक्ति र एक सिट रहेको मधेश समता पार्टीको समेत संख्या जोड्दा एमाले गठबन्धनको जम्मा संख्या १९७ हुन्छ ।
जुन शक्तिले भाँड्यो, त्यहि शक्तिले मिलायो
संविधान संसोधनका लागि आवश्यक ३९६ संख्या राप्रपा एकीकरणपछि सत्ता गठबन्धनसँग सुरक्षित हुने आँकलन छ । हिजो पार्टी एकीकरण गर्दा कमल थापा हावी भएर ३७ सिट एमाले गठबन्धनमा पुग्ने डरले अदृष्य शक्तिले राणालाई एकीकरणबाट ब्याक गरेको टिप्पणी राप्रपाकै नेताहरुले गर्ने गरेका छन् ।
 राप्रपाको शीर्ष तहका एक नेताका अनुसार प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै दुई पार्टीको एकता जुन शक्तिले रातारात भाँडेको थियो, त्यहि शक्तिले संविधान संसोधनको सन्दर्भमा रातारात एकीकरण गराइदिएको हो ।
राप्रपाको शीर्ष तहका एक नेताका अनुसार प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै दुई पार्टीको एकता जुन शक्तिले रातारात भाँडेको थियो, त्यहि शक्तिले संविधान संसोधनको सन्दर्भमा रातारात एकीकरण गराइदिएको हो ।नाम उल्लेख गर्न नचाहने ती नेताले भने, ‘अब एकीकरणको अध्याय सकियो भन्ने कमल थापाल तीन महिना पनि टिक्न नसक्नु रहस्यमय छ । अहिलेको एकीकरण भनेको एमाले बाहेक नै दुई तिहाई पुर्याउने प्रयोजनका लागि मात्र हो । यसबारे राप्रपा नेपालभित्र अन्तरबिरोध रहे पनि कमल थापाको सामुन्ने कोही टिक्न सकेनन् ।’

Post a Comment