Websoft University

www.radiomakalu.com || 021-522512


सुनको मूल्य ६ महिना यताकै सस्तो

gold-sun-chadi

सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको बताएको छ । मंसिर लागेयता सुन निरन्तर सस्तो भइरहेको छ ।

यसले उभोक्तालाई भने राहत पनि दिएको छ । नेपाली बजारमा मंसिर सबैभन्दा बढी सुन कारोबार हुने सिजन हो । चाँदीको भाउ भने आज स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget