Websoft University

www.radiomakalu.com || 021-522512


‘बौद्ध महाचैत्यको पुनःनिर्माण प्रेरणादायी’





काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनु भूकम्प प्रभावित अन्य क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।

महाचैत्यको जीर्णाेद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले यस कार्यले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश देशभरि गएको छ भन्नुभयो ।
पुनःनिर्माणमा मुलुकभित्र र बाहिरका व्यक्ति तथा सङ्घसंस्थाको उल्लेख्य सहयोग भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “महाचैत्यको पुनःनिर्माण स्वतन्त्रता, जिम्मेवारी र गम्भीरताका साथ गरिनु खुसी र गौरवको कुरा हो ।”

विश्व सम्पदा सूचीमा रहेको सो. ऐतिहासिक सम्पदालाई आफैँले पुनःनिर्माण गर्न सक्छौँ भन्ने प्रमाणित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “हामी पुनःनिर्माणको ऐतिहासिक चरणमा छौँ । एकातिर जनताका क्षतिग्रस्त घरको पुनःनिर्माण गर्नु छ भने अर्कातिर पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।”

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विद्यमान नियम कानुनले समयमै भूकम्पले प्रभावित क्षेत्रको पुनःनिर्माण गर्न नसकिने बताउँदै त्यस्ता कानुन परिमार्जन गर्नु आवश्यक रहेको बताउनुभयो ।
चिनियाँ बौद्ध सङ्घका उपाध्यक्ष बौद्ध धर्मगुरु यिन सुनले बौद्ध महाचैत्य नेपाल र चीनका लागि मात्र नभई विश्वका सम्पूर्ण बौद्धधर्मावलम्बीका लागि पवित्रस्थल भएको बताउनुभयो ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा, धर्मगुरु मिङ्ग्युर रिन्पोछे, समिति सदस्य चमेलीकुमारी लामा र कार्यकारी निर्देशक फुपू याङ्जी लामाले पुनःनिर्माणमा भएका कामका बारेमा जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

गत २०७२ माघ २८ गतेदेखि सुरु भएको महाचैत्यको पुनःनिर्माणमा विभिन्न व्यक्ति र संस्थाबाट रु २० करोड ९० लाख प्राप्त भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget