Websoft University

www.radiomakalu.com || 021-522512


आफ्नो नयाँ चलचित्रबारे शाहरुखको ठूलो खुलासा


_c4c4acc0-b129-11e6-97d4-77e8d9863aa4
मुम्बई – शाहरुख खानले आफ्नो आगामी चलचित्र ‘डियर जिन्दगी’ बारे ठूलो खुलासा छन् । शाहरुखले आफू चलचित्रमा मुख्य भूमिकामा नरहेको र मात्र केही समयका लागि ‘क्यामियो’ रोलमा रहेको बताएका हुन् ।

चलचित्रमा आलिया भट्टको मुख्य भूमिका रहेको उनले बताए । आफ्नो स्टारडम यो चलचत्रिको सफलतामा बाधक नबनोस् भनेर उनले प्राथना समेत गरे ।

‘चलचित्रमा गौरी (निर्देशक) र आलिया यति राम्रो काम गरेका छन्, म आशा गर्छु मैले उनीहरुलाई निराश गरेको छैन । म र मेरो स्टारडमले यो चलचत्रिलाई प्रभाव नपारेस् । मेरो भूमिका निकै महत्वपूर्ण रहेको छ र अन्यको पनि भूमिका त्यतिकै महत्वपूर्ण रहेको छ,’ उनले भने ।

५१ वर्षीय अभिनेताले आफूले सँधै नयाँ गर्न चाहेको बताउँदै यो चलिचित्र सो दिशामा एक कदम भएको बताए ।

शाहरुखले आफ्नो २५ वर्षे करियरमा कहिले पनि यस्तो रोल नगरेको र आफूलाई यस चलचित्रको सदस्य बनाएकोमा निर्देशक गौरी सिन्देलाई धन्यवादमेत दिए ।

‘म यो चलचित्रमा सहायक मात्र हु, केमियो रोल छ मेरो । म यो चलचित्रको सदस्य हुन पाउँदा निकै खुसी छु । मैले अहिलेसम्म यस्तो चलचित्र गरेको थिइँन,’ शाहरुखले भने ।

चलचित्रलाई गौरी खान, करण जोहर र सिन्देले संयुक्तरुपमा रेड चिली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरेका हुन् ।

चलचित्रमा कुनाल कपुर, अलि जाफरको पनि भूमिका रहेको छ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget