हेटल साम्बाला, बाँसबारी
काठमाडौं,मंसिर ६ गते । चालु आर्थिक वर्षको पहिलो ४ महिनासम्म काठमाडौंमा एउटा तीन तारे होटलसहित १० पर्यटकीय होटल सञ्चालनमा आएका छन् । पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकालकाअनुसार काठमाडौंका बाँसबारीमा तीन तारेस्तरको ‘होटल साम्बाला’ सहित १० वटा होटल सञ्चालनमा आएका हुन् ।
रुपन्देहीको भैरहवामा ‘होटल वोधही रेडसन्’ दुई तारे होटल पनि सञ्चालनमा आएको छ । पोखररामा ‘मट्टीखाना माउन्टेन भ्यू रिर्साट’ र चितवनको भरतपुरमा ‘भरतपुर गार्डन रिर्सोट’ पनि खुलेका छन् ।
बाँसबारीको साम्बाला होटलमा ६५ वटा सुविधा सम्पन्न कोठमा ९९ बेड क्षमता छ । यो होटल सञ्चालनमा आउनसाथ ७० जनाले समेत प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
साम्बाला यसअघि पर्यटकीय होटलका रुपमा सञ्चालन भइरहेको थियो । यसै आर्थिक वर्षमा मात्रै सम्बालाले तीन तारे स्तरको लाइसेन्स पाएको हो ।
रुपन्देहीको भैरहवामा रहेको ‘होटल वोधही रेडसन’मा ७० वटा बेड छन् । होटलमा ४८ जनाले रोजगारी पाएको विभागले जनाएको छ । होटलमा ८० वटा कोठा छन् ।
काठमाडौंमा १० पर्यटकीय होटल
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौमा मात्रै १० वटा पर्यटकीय होटल सञ्चालनमा आएको छ । काठमाडौंको लाजिम्पाटमा ‘होटल हिरण्य’ प्राली सञ्चालनमा आएको छ । यो होटलमा १४ वटा कोठासहित १७ वटा बेड छन् । १९ जना कामदारले रोजगारी पाएका छन् ।
यसैगरी ठमेलमा २१ वटा सुविधासम्पन्न कोठासहितको पर्यटकीय ‘होटल एभरेष्ट नेपाल’ पनि सञ्चालनमा आएको ढकालले जानकारी दिए । यो होटलमा ३६ वटा बेड रुम छन् भने ४८ जना कामदारले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
ठमेलमा नै ‘होटल आर्टस’ सञ्चालनमा आएको छ । ४८ वटा कोठा रहेको होटलमा ४८ वटै बेड छन् । साथै होटलमा ३५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको विभागका निर्देशक ढकालले बताए ।
काठमाडौको नागपोखरीमा कर्ण शाक्यको लगानीमा पर्यटक स्तरीय ग्राण्ड नोर्लिङ होटल एण्ड रिर्सो सञ्चालमा आएको छ । यो होटलमा १५ वटा कोठा तथा १८ वटा बेड रुम छन् । यसमा १० जनाले रोजगारी पाएको विभागले जनाएको छ ।
कमलपोखरीमा ३७ कोठा र ५० बेड रुमसहितको ट्रयाडिशनल कम्र्फोट होटल खुलेको छ । यो होटलमा पनि १५ जनाले रोजगारी पाएका छन् ।
कर्ण शाक्यकै लगानीका नक्सालमा ‘द माया म्यानोर’ होटल पनि सञ्चालनमा आएको छ । यो होटलमा ४४ वटा कोठा तथा ४८ वटा बेड रुम छन् भने ३६ जनाले रोजगारी पाएको विभागले जनाएको छ ।
३० कोठासहित ३० वटै बेड भएको साधना शाक्यको लगानीका पि्रन्स होटल पनि सञ्चालनमा आएको छ । २३ कोठासहिते हाई ल्याण्ड इन र २१ कोठा सहितको सुविधासम्पन्न मण्डला होटल समेत यसैवर्ष खुलेका छन् ।
काठमाडौको क्षेत्रपाटीमा १० कोठा र १७ बेड रुम सहितको ‘काठमाडौं बुटिक’ नामका पर्यटकीय होटल खुलेको छ ।
४ महिनामा दुई रिर्सोट
यो वर्षको कात्तिक मसान्तसम्ममा देशभरमा दुई रिर्सोट सञ्चालनमा आएका विभागले जनाएको छ ।
जसमा कास्की जिल्लाको पोखरा उप-महानगरपालीमामा मट्टीखाना माउन्टेन भ्यू तथा रिर्सोट र चितवनको भरतपुरमा ‘भरतपुर गार्डन रिर्सोट’ सञ्चालनमा आएको विभागका निर्देशक ढकालले जानकारी दिए । मट्टीखान रिर्सोटमा १० वटा कोठा तथा २० वटा बेड रुम छन् भने १४ जनाले रोजगारी पाएका छन् ।
नयाँ खुलेको ‘भरतपुर गार्डेन रिर्सोट’मा ४० वटा कोठा तथा ८० वटा रुम छन् । जसमा ४० जना कामदार रहेको विभागले जनाएको छ ।-अनलाइनखबर

Post a Comment