Websoft University

www.radiomakalu.com || 021-522512


मधेसवादी दलद्वारा बैठक बहिष्कार




काठमाडौँं, कात्तिक २९ गते । मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।

सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै उहाँले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रह गर्नुभयो । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत रहेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget