Websoft University

www.radiomakalu.com || 021-522512


आन्दोलनमा जाने चिकित्सकको चेतावनी


Teaching-Hospital
काठमाडौं,मंसिर ७ गते । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अस्पतालका नेशनल रेसिडेण्ट डाक्टर्स एशासियसनका अध्यक्ष डा. लिजन महर्जन तथा डा. विष्णु भण्डारीले विज्ञप्ती जारी गरेर डा. गोविन्द केसीको अनसनबारे आफ्नो धारणा सार्वजनिक गर्न नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ ।

साथै डा. केसीको माग सम्बोधनका लागि सरकार तथा सम्बन्धित निकायसँग पहल गर्न संघसमक्ष माग गरेको छ ।

माग सम्बोधन नभए डा. केसीको जीवन रक्षाका लागि कडा विरोधका कार्यक्रम सार्वजनिक गरिने एशोसिएसनले जनाएको छ ।

चिकित्सा शिक्षा सुधारका मागलाई लिएर दश दिनदेखि आवरण अनसनमा बसेका डा. केसी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठबीच सोमबार नै भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा श्रेष्ठले डा. केसीको आन्दोलनलाई निष्कर्षमा ल्याउन आफूले भूमिका खेल्ने बताएका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget