Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी इन्काउन्टरमा मारिए भारतीय अपराधी


बिरगंज , असोज २४ गते । प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एकजना भारतीय अपराधी मारिएका छन् । पर्सा प्रहरीका अनुसार बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्ति प्रहरीको कारवाहीमा मारिएको हो ।


Image result for encounter

प्रहरी स्रोतले मारिएका व्यक्ति केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै अाएका दिलसाद आलम हुन् । पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले घटनाको पुष्टी गरेपनि मृतकको पहिचान बारे केही बताएका छैनन् ।


बीरगन्ज उपमहानगरपालिका को वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको एसपी श्रेष्ठले बताए । मोटरसाइकलको पछाडि बसेकाले फायरिङ गरेको र उनीनै प्रहरी कारवाहीमा मारिएको उनले जानकारी दिए । मोटरसाइकल चालक भने भाग्न सफल भएका छन् । घटना राति करीब ८ बजेतिरको हो ।
व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए । नेपाल र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट चार दिनपछि मुक्त भएका थिए । उक्त घटनामा आलम सहितको संलग्नता रहेको खुलेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget