Websoft University

www.radiomakalu.com || 021-522512


ओलीले भने, 'दसैंको बेला कसैलाई गाली गर्दिनँ


काठमाडौँ, असोज २३ गते  ।   नेकपा एमालेका अध्यक्ष केपी ओलीले दसैँको बेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गरेका छन् । 



शनिबार भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने – 'यो दसैँको बेलामा म कुनै भल छोप्न चाहन्न, कसैको विरोध गर्ने र कसैको समर्थन गर्ने, कसैको पक्षमा उभिने र कसैलाई विपक्षमा राख्न चाहन्न, सबैलाई मेरो शुभकामना छ ।'

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताए । उनले भने – 'अहिलेको सङ्क्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको जिम्मेवारी अब पूरा गर्नुपर्छ ।'

देशलाई अब आर्थिक समृद्धि र विकासतर्फ लैजानुपर्नेमा जोड दिँदै उनले समयसीमाभित्रै निर्वाचन लगायतका सबै काम टुङ्गिनेमा आफू विश्वस्त रहेको बताए । उनले संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुङ्गोमा पुर्याउन नसकिने कुनै पनि अप्ठ्याराहरु नभएको उल्लेख गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget