
बीबीसीका अनुसार विगत चार दिनभित्र अमेरिकी नौसेनाको युद्धपोतमाथि आक्रमण गरिएको यो दोस्रो पटक हो। सो मिसाइल युद्धपोतमा नलाग्नाले ठूलो दुर्घटना भने नभएको बताइएको छ। अमेरिकी रक्षा मन्त्रालयले सो आक्रमणको जवाफी कारवाही गर्न सक्ने संकेत गरेको छ। सो मिसाइल युएसएस मेसिनलाई निसाना बनाएर प्रहार भएको छ। सो मिसाइल यमनको हुथी विद्रोहीले कब्जामा लिएको इलाकाबाट प्रहार भएको हो। यसैबीच छुट्टै प्रसंगमा साउदी अरबले यमनमा स्वास्थ्योपचारको पर्खाइमा रहेका नागरिकलाई उद्धार गर्न तयार गरेको जनाएको छ।
Post a Comment