Websoft University

www.radiomakalu.com || 021-522512


किक बक्सिङको उपाधि नेपालीलाई

Image result for किक बक्सिङको उपाधि नेपालीलाई



टोकियो (जापान), असोज १५ गते । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् ।

रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन ड्रागनले उपाधि हात पार्न सफल भएका हुन् । यसअघि पनि जापानका विभिन्न स्थानका खेलमा सहभागिता जनाउँदै आएका महजर्नले उपाधि भने पाएका थिएनन् ।

सत्सठ्ठी किलोग्राम तौलका खेलाडीलाई खेल सुरु भएको ४० सेकेन्डमै लगातार प्रहार गरी हराएर उपाधि हात पारेपछि महर्जन टोकियोको सुइदोबासीस्थित दोम खेलस्थलमा रमाएका थिए ।

यसअघिका प्रतियोगितामा लगातार हार व्यहोर्दै आएका महर्जनले यस पटक भने आफूलाई पूरै तयारीमा लाग्न समय पाएकाले उपलब्धि हात पार्ने सपना रहेको बताउँदै आएका थिए ।

जित हात पारेपछि महर्जनलृे उपलब्धि आफ्नो मात्र नभई जापानवासी र सम्पूर्ण नेपालीको भएको बताए । “जितको पछाडि सम्पूर्ण जापानवासी नेपालीको हौसला थपिएको छ, यो हौसलाले भोलिका दिनमा हुने विश्वका चर्चित खेलाडीसँग भिड्ने गरी तयारीमा लाग्न मद्दत मिलेको छ” महर्जनले भने ।

काठमाडौँबाट करिब १५ वर्षअघि अध्ययनका लागि आएका महर्जनले यसअघि दक्षिण कोरियामा भएको प्रतियोगितामा हार व्यहोरेका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget