Websoft University

www.radiomakalu.com || 021-522512


मध्य अफगानिस्तानमा आइएस आक्रमणमा तीस नागरिकको मृत्यु



काबुल (अफगानिस्तान), कात्तिक १० गते । मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।

अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले बताउनुभयो ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय नागरिकलाई निसाना बनाएर आक्रमण गरेका थिए । स्थानीयले बुधबार बिहान स्थानीय नागरिकका ३० मृत शरीर भेटेपछि यो खबर प्रशासनलाई गरेका थिए ।

यद्यपि दायस समूहले समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी भने लिएको छैन । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget