Websoft University

www.radiomakalu.com || 021-522512


विदेशिने कामदारसँगै रेमिट्यान्स पनि घट्यो


Money transfer remittance


काठमाडौं , कार्तिक १ गते । चालु आर्थिक बर्ष २०७३ /७४ को सुरुवातमै नेपाल भित्रिने रेमिट्यान्स रकममा गिरावट आएको छ । गतबर्षको तुलनामा यस बर्षको सोही समयमा रेमिटेन्सबापत नेपाल आउने विदेशी मुद्राको आप्रवाहमा २ दशमलब ५ प्रतिशतले कमी आएको हो ।

नेपाल राष्ट्र बैकका निर्देशक राजेन्द्र पण्डितले आर्थिक बर्षको सुरुको महिनामा रेमिट्यान्समा कमी आएको बताए ।खाडी देशको आर्थिक संकट, विदेशिने कामदारको संख्यमा आएको कमी, तेलको मूल्यमा आएको गिरावटले प्रत्यक्ष श्रमीकको ज्यालामा परेको प्रभाव लगायत कारणले रेमिटेन्समा कमी आएको निर्देशक पण्डितले बताए ।

साथै विभिन्न समयमा नेपाल सरकारले ल्याएका निति नियम तथा काम गर्ने देशका नीति नियमले पनि रेमिट्यान्समा प्रभाव पार्ने तर्क उनको छ । पछिल्लो समय कामका लागि विदेशिने नेपाली कामदारको संख्यमा निरन्तर गिरावट आइरहेको छ ।

निर्देशक पण्डितले दशैंसहितका चाडबाडको बेला भने अघिल्लो वर्षकै हाराहारीमा विदेशी मुद्रा भित्रिएकोे जानकारी दिए । असोज र कात्तिकमा दशैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले यस बेला रेमिटेन्स बढ्ने अनुमान राष्ट्र बैकको छ ।

चाडबाडको समयमा रेमिट्यान्स धेरै भित्रिने गर्दछ । वैदेशिक रोजगारीमा जानेले पठाएको रेमिटेन्सको ठुलो हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको छ । त्यसैगरी ऋण तिर्न र बालबालिकाको शिक्षामा खर्च हुने गरेको छ ।

विभिन्न अध्ययन प्रतिवेदनहरुका आधारमा रेमिटेन्सबापत प्राप्त रकमको अत्यन्तै कम २ दशमलब ४ प्रतिशत मात्रै पुँजी निर्माणमा प्रयोग हुने गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget