Websoft University

www.radiomakalu.com || 021-522512


एमबीबीएस पास गराइदिने भन्दै रकम असुल्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ



काठमाडौं,असोज १६ गते । एमबीबीएस पास गराइदिनेे भन्दै रकम असुलेको आरोपमा पुतलिसडकस्थित वर्ल्ड वाइड कन्सल्टेन्सीका सञ्चालकसहित दुई जना पक्राउ गरेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कन्सल्टेन्सी सञ्चालक महोत्तरीको गोनरपुरा घर भई टेकु बस्ने दिपककुमार शाह र काउन्सिलिङको काम गर्ने सिन्धुली आम्बोटेका गणेश अधिकारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अधिकारीले सायसा पन्तलाई असोज १५ गते काठमाडौं विश्वविद्यालयले लिने एमबीबीएस परीक्षा पास गराइदिने भन्दै रकम मागेका थिए । कन्सल्टेन्सीमा पुगेकी सायसाकी आमा विमलाले रकम सहमत पनि भएकी थिइन् तर, अरुले यस्तो हुन नसक्ने भन्दै महानगरीय अपराध महाशाखामा निवेदन दिएकी थिइन् ।

र, विमलासँगै सादा पोसाकमा प्रहरी खटिए । गणेश अधिकारीसँग बार्गेनिङ गर्दा २ लाखको चेक दिएपछि अब काम हुन्छ, ढुक्क हुनुस् भन्दै आश्वासन दिए ।

लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले यो काम सञ्चालकमार्फत हुने भनेकाले दिपककुमार साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले आफू डाक्टर भनेपनि डाक्टर नभएको खुलेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget